News 24 Television
झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

झापा ।  झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए ।

मन्त्री मण्डलले खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै खेल पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजना बनाउने उल्लेख गरे । उनले प्रतियोगिताको सबै विधाका खेलको छुट्टाछुट्टै शुभारम्भ गरेका थिए ।

उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले राष्ट्रपति रनिङ शिल्ड खेलकुदको पहिलो खुड्किलो भएको बताउँदै यसले खेलाडीहरुलाई अगाडि बढ्न सहयोग पुर्याउने बताए ।

समितिका सदस्य चेतामणि खनाल र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा अध्यक्ष भण्डारीले सरकारका कुनै पनि निकायबाट हालसम्म बजेट विनियोजन नभए पनि निजी क्षेत्र र दाताहरुको सहयोगमा झापामा प्रतियोगिता सञ्चालन गरिएको बताउँदै प्रतियोगिताका लागि बजेट निकासा गरिदिन सरोकारवाला सकारी निकायलाई आग्रह गरेका छन् ।

प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका करिब दुई हजार खेलाडीले ६ वटा विधामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता उद्घाटन समारोहमा सबै विद्यालयका खेलाडीहरुले मार्चपास गरेका थिए भने उसु खेलको प्रदर्शनी गरिएको थियो ।

प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । यस वर्ष राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स ९छात्र(छात्रा०, भलिबल ९छात्र(छात्रा०, कबड्डी ९छात्र(छात्रा०, कराते ९छात्र(छात्रा०, तेक्वान्दो ९छात्र(छात्रा० र उसु ९छात्र(छात्रा० खेल समावेश रहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

पहिलो दिन सबै विधाका खेल सञ्चालन भए पनि एथलेटिक्स र करातेको कातातर्फको फाइनल चरणका खेल सम्पन्न भएको झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले बताए ।
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update