नेपाल युएईसँग पराजित
शुक्रबार, जेठ २५, २०८१
आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित
बुधबार, जेठ २३, २०८१
काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
मंगलबार, जेठ २२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।
विश्वकप क्रिकेटमा नेपालको अग्निपरीक्षा
मंगलबार, जेठ २२, २०८१
नेपाल आईसीसी टी ट्वेन्टी विश्वकपमा दोस्रोपटक खेल्दैछ । १० वर्षअघि पहिलोपटक टी ट्वेन्टी विश्वकप खेल्दा नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो । त्यतिबेलाको टिम र अहिलेको टिममा धेरै परिवर्तन भइसकेको छ । पछिल्लो पटक नेपाली क्रिकेट टीमको ब्याटिङ लाइनअप निकै सुधारिएको छ । त्यसैले पनि यो पटकपनि नेपालले प्रभावशाली प्रदर्शन गर्ने...
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
सोमबार, जेठ २१, २०८१
वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न
आइतबार, जेठ २०, २०८१
पाटन जेसिजको आयोजनामा प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगितता सम्पन्न भएको छ । शनिबार पाटन माध्यामिक विद्यालयको सभाकक्षामा सम्पन्न भएको प्रतियोगितामा स्थानीय वडाको आथिएक सहयोग तथा बुद्धिचाल डट कमको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।
टी-२० विश्वकपका लागि नेपाली टोली तयार
आइतबार, जेठ २०, २०८१
आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि अमेरिकाको डालसमा शुरु हुँदैछ । विश्वकप खेलका नेपाली टोली यसअघि नै अमेरिका पुगेर अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेल खेलेर हौसिएको नेपाली टिमले टेस्ट मान्यता प्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन चाहिरहेको छ ।
सन्दीपको भिसा पटक-पटक रिजेक्ट किन ?
शुक्रबार, जेठ १८, २०८१
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका सन्दीपलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको हो । उनलाई यसअघि जेठ ९ गते समेत अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।
टी-२० विश्वकप अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै
बिहीबार, जेठ १७, २०८१
आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस !
बिहीबार, जेठ १७, २०८१
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएपछि उनका समर्थकहरु सडकमै उत्रिएका छन् । खेल आयोजक मुलुक अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालको सार्वभौमिकतामाथि प्रश्न गरेकोदेखि सन्दीपले सफाई पाए पनि अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले भिसा रोकिएकोसम्मका तर्क आइरहेका छन् । यस्तोमा सन्दीप भने समर्थकमाथि भावनात्मक रुपले आफूप्रति सदासयता ल्याउने कोसिसमा जुटेका छन्...
यसकारण अमेरिकाले दिएन सन्दीपलाई भिसा
बिहीबार, जेठ १०, २०८१
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ?
साताको लोकप्रीय