News 24 Television
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि विगत ३७ बर्षदेखि झापाको विर्तामोडमा निरन्तर सञ्चालन भइरहेको कराते खेल प्रभावित भइरहेको छ । झापा विर्तामोड स्थित देवि माविले आफ्नो क्षेत्रमा प्रशिक्षणको अनुमति नदिएपछि कराते प्रशिक्षण प्रभावित भएको हो । 
महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो
महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो एन्फा महिला फुटबल लिगको तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो लागेको छ ।    कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आ–आफ्नो खेलमा जित निकाल्दै लिगको दोस्रो चरणमा स्थान बनाएसँगै सुुपर लिग खेल्ने पाँच टोलीको छिनोफानो भएको हो । 
काभा महिला भलिबल उपाधि जितेर फर्केकाे टोलीलाई यसरी गरियो भव्य स्वागत
काभा महिला भलिबल उपाधि जितेर फर्केकाे टोलीलाई यसरी गरियो भव्य स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य स्वागत गरिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्याइएको थियो...
अन्तर्राष्ट्रिय खेलमा नेपाल चिनाउँदै महिला खेलाडी 
अन्तर्राष्ट्रिय खेलमा नेपाल चिनाउँदै महिला खेलाडी  स्टार कराँते खेलाडी एरिका गुरुङ बीसौं एशियाली सिनियर कराँते च्यापियनसिपमा श्वर्ण पदकबाट चुकेकी छन् । फाइनलमा भियतनामकी नओन थि नुयेनसँग पराजित भई उनले रजत पदक हात पारेकी छन् । 
आइसीसी लिग २ मा नेपाल र क्यानडा भिड्दै
आइसीसी लिग २ मा नेपाल र क्यानडा भिड्दै लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो ।जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी...
पलेशा सम्मानीत
पलेशा सम्मानीत पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । 
ओमानसँग एक विकेटले पराजित, नेपाली टोलीमाथि दबाब
ओमानसँग एक विकेटले पराजित, नेपाली टोलीमाथि दबाब दुई सय २१ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिले ब्याटिको मौका पाएको नेपालले नौ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।
साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ
साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा...
नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै
नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्ने भएको छ ।  नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म...
Weather Update