चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो क्लवसँग खेल्दै
शनिबार, साउन २६, २०८१
काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल आज
बुधबार, साउन २३, २०८१
काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ । यी दुई टोलीबीच यस प्रतियोगितामा दोस्रो पटक खेल हुन लागेको हो ।
नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह सम्पन्न
आइतबार, साउन २०, २०८१
नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष एवम् बाग्मती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काको प्रमुख आतिथ्यमा शनिबार उक्त दिक्षान्त समारोह सम्पन्न भएको हो ।
भलिवलमा चिनाउँदै नेपालः भारतमाथि ऐतिहासिक जित
आइतबार, साउन २०, २०८१
फुटवलको क्षेत्रमा नेपालले खासै प्रगति गर्न नसके पनि पछिल्लो समय क्रिकेटमा राम्रो छाप पार्न सकेको छ । यू १९ विश्वकपमा समेत पुगेर नेपालले क्रिकेटमा बलियो सम्भावना देखाइसकेको छ । क्रिकेटमा जस्तै पछिल्लो समय भलिवल खेलको प्रदर्शन पनि उत्कृष्ट बन्दै गएका छ ।
नेपाली राष्ट्रिय बहस टोली विश्व वरियताको १०औं स्थानमा
सोमबार, साउन १४, २०८१
नेपाली राष्ट्रिय बहस टोली सर्बियामा बिहिबार सम्पन्न वर्ल्ड स्कुल्स डिबेट च्याम्पियनशिप (डब्लुएसडीसी) मा विश्वकै पन्ध्रौँ उत्कृष्ट कायम भएको छ । साथै अंग्रेजी दोस्रो भाषाका रुपमा प्रयोगमा रहेका देशहरूको वरियता सूचीमा विश्व वरियतामा १०औं स्थानमा पर्न सफल भएको छ ।
नेपाल एसिया कपबाट बाहिरियो
बुधबार, साउन ९, २०८१
एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै
सोमबार, साउन ७, २०८१
काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ ।
महिला एसिया कप क्रिकेट : नेपाल पराजित
सोमबार, साउन ७, २०८१
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।
एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र युएई भिड्दै
शुक्रबार, साउन ४, २०८१
एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।
आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई
बिहीबार, साउन ३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन् ।
चितवनमा रंगशाला बनाउन तीनै तहका सरकार कस्सिए, स्थानीयले पत्याएनन्
बुधबार, असार २६, २०८१
चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान मार्फत ठेक्का सम्झौता गरेको हो । रंगशाला ३० महिनाभित्र सम्पन्न गर्नेगरि सम्झौता भएको छ...
महिला भलिबल टोली घोषणा
बिहीबार, असार २०, २०८१
नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ ।
भारतले जित्यो विश्वकपको उपाधि
आइतबार, असार १६, २०८१
दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ ।