‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’
शनिबार, असोज ४, २०८२
दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो
शनिबार, असोज ४, २०८२
राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल
शनिबार, असोज ४, २०८२
जेन–जी आन्दोलनको प्रभावबाट सप्तरी जिल्ला अहिले पनि सामान्य बन्न सकेको छैन । उग्र बनेको भीडले सप्तरीमा राजनीतिक दलका पार्टी कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा आगजनी गरे ।
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा
शुक्रबार, असोज ३, २०८२
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको सेवा सञ्चालनका लागि पुनःस्थापनामा जुटेका छन् । कर्मचारीसँगै स्थानीयको सहभागितामा कार्यालयहरू पुनःसञ्चालनको लागि सरसफाई, सामग्री व्यवस्थापन र सेवा सञ्चालनमा जुटेका हुन् । कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाई र मर्मतलाई तीव्रता दिएको छ ।
ओखलढुंगामा डिप बोरिङ परीक्षण सफल, पानीको हैरानी अब कम !
बिहीबार, असोज २, २०८२
ओखलढुंगाका धेरैजसो ग्रामिण भेगका नागरिक पानीको अभावले पिरोलिएका छन् । पिउन योग्य पानीको पहुँच निकै सीमित छ, र नयाँ स्रोतको खोजी निरन्तर जारी छ ।
जेन–जी आन्दोलन : पर्सामा क्षतिको ग्राफ अर्बौँको
बिहीबार, असोज २, २०८२
जेन–जी आन्दोलनमा पर्सामा मात्रै पनि अर्बाैको क्षति भएको छ । आन्दोलन हिसांत्मक बनेपछि देशभरिका सरकारी तथा निजी संरचनाहरुमा आगजनी तथा तोडफोड हुँदा एक पलमै अर्बौंको धन क्षति भयो ।
आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
बुधबार, असोज १, २०८२
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
