News 24 Television
प्रचण्डलाई जनार्दनको ठाडो सन्देश ! हेडक्वाटरले लफडा !
प्रचण्डलाई जनार्दनको ठाडो सन्देश ! हेडक्वाटरले लफडा ! माओवादी केन्द्रभित्र विद्यार्थी नेतृत्व चयनका लागि भएको निर्वाचनको क्रममा देखिएको गुटगत प्रणालीले नयाँ बहस शुरु भएका छन् । विद्यार्थीको निर्वाचनबाटै जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई दिएको चुनौतिले थप प्रश्नहरु मुखारित बन्न पुगेका छन् । 
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह 'द स्प्राउटिङ स्टोरीज' लोकार्पण
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह 'द स्प्राउटिङ स्टोरीज' लोकार्पण आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज को लोकार्पण भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन्। संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन्।
लोप भए आरन पेशा, पोखरामा यस्तो अवस्था 
लोप भए आरन पेशा, पोखरामा यस्तो अवस्था  कुनै समय थियो भान्सामा प्रयोग हुने भाँडाकुँडा हुन्, या अन्य कृषि औजार, जसलाई गाउँमा नै परम्परागत ढङ्गले आरनमा बनाउने गरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा आयातित भाँडाकुँडा र औजारका कारण परम्परागत आरन पेशा नै लोप हुने अवस्थामा पुगेको छ । 
आईटी क्षेत्रले तहल्का मच्चाउँदै ! यस्तोसम्म मालामाल !
आईटी क्षेत्रले तहल्का मच्चाउँदै ! यस्तोसम्म मालामाल ! प्रविधि क्षेत्र अर्थात आईटी वर्तमान विश्वलाई जोड्ने एक बलियो अस्त्र बनिरहेको छ । यो विश्वलाई जोड्ने माध्यम मात्रै नभएर अहिले सबैभन्दा राम्रो पैसा आर्जन गर्न सकिने क्षेत्रका रुपमा विश्वमा नै स्थापित भइरहेको छ । 
विपिन शनिवार हमासबाट मुक्त हुने !
विपिन शनिवार हमासबाट मुक्त हुने ! इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीचको युद्धविरामसँगै बन्दी आदानप्रदानको क्रम चलि नै रहेको छ । बन्दी आदानप्रदानका क्रममा सहमति अनुसार नै हमासले आफूले बन्धक बनाएका बन्दीहरु क्रमशः मुक्त गरिरहेको छ भने भने त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेष्टिनीहरुलाई पनि रिहा गरिहेको छ । दुवै पक्षका बन्दीहरु मुक्त भइरहँदा हमासको कब्जामा...
अब आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने !
अब आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने ! विभिन्न व्यवहारिक कठिनाइका कारण कैयौं नेपालीहरु अनागरिक हुनुपर्ने बाध्यता छन् । त्यसमा पनि आमाको नामबाट नागरिकता दिने विषय पटक–पटक बहसको केन्द्र बन्ने गरेको छ । 
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै आज माघ शुक्ल प्रतिपदाको दिन विशेषगरी तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो सोनाम ल्होसार बनाउने प्रचलन रहेको छ । 
ओखलढुंगाको सामुदायिक वनमा रिचार्ज पोखरी
ओखलढुंगाको सामुदायिक वनमा रिचार्ज पोखरी ओखलढुंगाका धेरै क्षेत्र सुख्खा ग्रस्त बन्दै गएका छन् । बढ्दो जलवायु परिवर्तनसँगै भूकम्प, आगलागी र डढेलो जस्ता प्राकृतिक विपत्तिका कारण पानीका मुहानहरु सुख्दै जाँदा जंगली जनावरलाई समेत पिउने पानी र आहारको अभाव हुँदै गएको छ ।
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि !
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि ! देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवसलाई भव्यताका साथ मनाइएको त छ । तर, के सहिदप्रति श्रद्ध र सम्मान साँचै भएको छ त ? यो प्रश्न गम्भिर रुपमा उठ्न थालेको छ । मुलुकको अवस्थालाई अग्रगामी दिशामा लैजान जीवन नै आहूति दिने सहिदको वलिदानलाई सरकारले साँचै सम्मान गरेको छ त ? सहिदका...
सिमेन्टमा मन्त्रीदेखि कै यस्तो कनेक्सन ! कमिसनले सनसनी मच्चाउँदै 
सिमेन्टमा मन्त्रीदेखि कै यस्तो कनेक्सन ! कमिसनले सनसनी मच्चाउँदै  सिमेन्टको भाउ ह्वात्तै बढ्दा उद्योगीहरूले मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गर्दै मनपरि मूल्य थोपर्न थालेका छन् । सरकारले यसको ख्याल नगरि मौन बस्ने नीति अपनाएको छ ।  अझ रोचक कुरा के छ भने, सार्वजनिक लेखा समितिले अस्वाभाविक मूल्यवृद्धि रोक्न उद्योग मन्त्रालयलाई हस्तक्षेप गर्न निर्देशन दिए पनि सरकारले कुनै चासो देखाएन...
सामाजिक सञ्जाल सम्बन्धि विधयेकले हंगामा 
सामाजिक सञ्जाल सम्बन्धि विधयेकले हंगामा  सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक’ संसदमा दर्ता गराएपछि यसको विरोध भइरहेको छ । अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । 
ओखलढुंगामा यातायात व्यवस्था कार्यालय सार्न चलखेल, स्थानीय आक्रोशित 
ओखलढुंगामा यातायात व्यवस्था कार्यालय सार्न चलखेल, स्थानीय आक्रोशित  ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा यातायात ब्यवस्था कार्यालय स्थापना भएको करिब ५ वर्ष बित्यो । विशेष गरी माथिल्लो सगरमाथाका ३ जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि स्थापना भएको यो कार्यालयले हालसम्म २८ हजार भन्दा बढीलाई सेवा दिईसकेको छ । 
Weather Update