News 24 Television
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन  
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन   आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको पुनः...
किन लोकप्रिय बन्दैछ नेपालमा इलेक्ट्रिक सवारी ?
किन लोकप्रिय बन्दैछ नेपालमा इलेक्ट्रिक सवारी ? विद्युतीय सवारी प्रयोग नेपालमा व्यापक बन्दै गइरहेको छ । नाडा अटो सो–२०२४ मा पनि विद्युतीय सवारीको विशेष आकर्षण छ । स्टलहरु मध्ये ७० प्रतिशत भन्दा बढी विद्युतीय सवारीहरुको बाहुल्यता नाडा अटो सोमा रहेको छ । 
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट  ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर  (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । 
पहिरो रोकथामका लागि तात्तियो बुटवल उपमहानगरपालिका
पहिरो रोकथामका लागि तात्तियो बुटवल उपमहानगरपालिका बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि काम शुरु गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरले नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने र अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो ।
चाडबाड नजिएपछि उपभोक्ता अधिकारको चर्चा 
चाडबाड नजिएपछि उपभोक्ता अधिकारको चर्चा  बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु भएको छ । चामल, दालजस्ता दैनिक खाद्यवस्तुको मूल्य हरेक दिन जस्तो बढिरहेको छ । खाद्य वस्तुमा मिसावट र कालोबजारी पनि उस्तै छ । जनैपूर्णिमापछि नेपालीहरुको महत्वपूर्ण चाडवाड शुरु हुने भएकाले यो बेला बजार उपभोक्तासँग सरोकारवाला निकायहरु पनि सल्बलाएका भेटिन्छन् ।
दोलखामा भैरवकुमारीको जात्रा शुरु, जात्रामा छन् यस्ता विशिष्ट विधि 
दोलखामा भैरवकुमारीको जात्रा शुरु, जात्रामा छन् यस्ता विशिष्ट विधि  मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ । 
कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा
कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरु विस्तार गर्ने कुरा पनि यथावत् नै छ ।
हाइलेक्स गाडी सुनकोशी नदीमा खस्यो, तीन जना बेपत्ता
हाइलेक्स गाडी सुनकोशी नदीमा खस्यो, तीन जना बेपत्ता मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शनिबार बेलुका खोटाङबाट भक्तपुरका लागि छुटेको नम्बर खुल्न नसकेको इसुजु हाइलेक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ । 
एप्क्यानको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
एप्क्यानको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)ले विभिन्न कार्यक्रम गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।एप्क्यानले भदौं पाँचदेखि आठ गतेसम्म रक्तदान, वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण र फुटसल प्रतियोगिताको आयोजना गरेर वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । 
संसदीय समितिमा सहकारी ठगीबारे रविको बयान 
संसदीय समितिमा सहकारी ठगीबारे रविको बयान  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोधपुछ गरेको छ । गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले सोधपुछ गरेको हो । सहकारी ठगीसँग सम्बन्धित विषयमा जोडिएका ब्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा सहमतिले लामिछानेसँग पनि बयान लिएको हो...
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशको विकास निर्माणका आयोजनाहरु पुरा गरेको ७ दिन भित्र भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । तर आर्थिक बर्ष सकिदाँ पनि सरकारले निर्माण ब्यवसायीहरुको भुक्तानी नगरेको भन्दै ब्यवसायीहरुले बिरोध जारी नै छ । 
Weather Update