News 24 Television
असोजको बाढीको पीडा नसकिँदै वर्षाको त्रासदी 
असोजको बाढीको पीडा नसकिँदै वर्षाको त्रासदी  गत असोजको दोस्रो साता परेको भारी बर्षाका कारण धेरैजसो संरचनाहरुमा क्षति पुर्यायो । भएका सडक सञ्जालहरु बाढीसँगै बग्न पुगे । जसका कारण सडकको अवस्था दयनीय बन्न पुग्यो । आफूले यात्रा गर्ने सडक राम्रो नहुँदा सयौं यात्रुले सास्ती भोगिरहेका छन् । यहि सास्तीकाबीच वर्षा नजिकिएपछि फेरि भेलबाढीको त्रासदी थपिएका छ । 
मधेशका अस्पतालहरुमा मुख्यमन्त्रीको अनुगमन, अवैध अस्पताल बन्द गरिने 
मधेशका अस्पतालहरुमा मुख्यमन्त्रीको अनुगमन, अवैध अस्पताल बन्द गरिने  मधेश प्रदेशमा पछिल्लो समय अस्पतालको संख्यामा जसरी वृद्धि हुँदैछ, त्यसरी नै विभिन्न समस्याहरु पनि देखिन थालेका छन् । प्रदेशमा रहेका कतिपय अस्पतालहरु मापदण्ड पुरा नगरी नै सञ्चालनमा छन् । यस्ता गुनासोहरु र मापदण्डबिना खोलिएका अस्पतालहरुका कारण उत्पन्न समस्याबारे गुनासोको चाङ लाग्न थालेपछि प्रदेश सरकारले सक्रियता बढाएको छ । 
बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु 
बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु  बर्खे अधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि बागमती प्रदेश सभामा हिउँदे अधिवेशन बस्ने अझै सुरसार छैन । त्यसो त संघीय संसदमा पनि वागमतीकै जस्तो अवस्था छ भने अरु बाँकी प्रदेशहरुमा पनि हिउँदे अधिवेशन बोलाउने तयारी अझै भएको छैन । 
बाग्मती प्रदेश सहकारी महाशाखामा उजुरीको चाङ
बाग्मती प्रदेश सहकारी महाशाखामा उजुरीको चाङ पछिल्लो समय देशैभर सहकारी समस्या नियन्त्रणभन्दा बाहिर गइरहेको छ । सहकारी संस्थाहरूले बढी कमाउने होडमा बचतकर्ताको रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा आफै समस्यामा परेका हुन् । बागमती प्रदेश सहकारी महाशाखामा समस्यामा परेका सहकारीविरुद्ध बचतकर्ताले दिएको उजुरीको चाङ लागेको छ ।
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । योजना छनौंट प्रक्रियालाई चुस्त र पारदर्शी  बनाउन योजना बैंक उपयुक्त हुने भन्दै लुम्बिनी सरकारले आयोजना बैंक निर्माण गर्न लागेको हो । 
४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले 
४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले  लामो समयदेखि बागमती प्रदेशको विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाइएको छ । १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रालय फुटाएर उनलाई गरिवी निवारण तथा सहकारी मन्त्री बनाइएको छ ।
Weather Update