News 24 Television
'कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय माग' - एमाले
'कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय माग' - एमाले सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनका लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ । कर्मचारीको नियुक्ति, पदमुक्ति र सरुवा गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने बताए ।
नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन
नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै बिरोध प्रदर्शन भएको छ । बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
१३ औँ भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु
१३ औँ भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश "क" को आयोजनामा आयोजित प्रतियोगिता जिल्लाको बैतेश्वर गाउँपालिका तीनस्थित मिर्गे बजार प्राङ्गणमा सुरु भएको हो ।
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले आफ्नो भनाइलाई बङ्ग्याएर राजावादीको पक्षमा उभ्याइएको भन्दै आपत्ति जनाएका छन् । महासचिव वैद्यले पाँच वर्ष अगाडि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे आफूले बोलेको विषयलाई बङ्ग्याएर फरक अर्थ लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।  
ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो । 
भारतबाट आयात घट्यो, उद्योगीलाई ७ देखि १२ घण्टासम्म लोडसेडिङ
भारतबाट आयात घट्यो, उद्योगीलाई ७ देखि १२ घण्टासम्म लोडसेडिङ लामो समयसम्मको आर्थिक मन्दीबाट बल्ल–बल्ल माथि उक्सिने क्रममा रहेका उद्योगहरुमा पुनः लोडसेडिङको हल्लाले त्रास फैलाइदिएको छ । यहि कारण उद्योगहरुको उत्पादनमा नै कटौति शुरु भइसकेको छ । उत्पादन कम भएपछि अब यसको सिधा असर  आमसर्वसाधारणले भोग्नु पर्नेछ । बिजुली नहुँदा उद्योगको उत्पादन खर्च बढ्ने हुँदा त्यसको भार स्वत उपभोक्तालाई पर्छ...
वितृष्णा थप्दै कांग्रेस एमाले : जनताको नजरमा ओली प्रचण्डको चित्र
वितृष्णा थप्दै कांग्रेस एमाले : जनताको नजरमा ओली प्रचण्डको चित्र सरकारमाथिका प्रश्नहरु पेचिला बन्न थालेका छन् । सरकारले विषम परिस्थितिकाबीच अनेक निर्णय गर्ने र जनभावनाको सम्बोधनमा ध्यान नदिदा असन्तुष्टी चुलिएको छ । तर, सरकार भने प्रतिपक्षी रचनात्मक नभएकोदेखि गलत भाष्य निर्माणमा लागिपरेको आरोपमा उत्रिएको छ । 
ओली धरमराउँदा देउवाको साथ, अभिव्यक्तिमा मनोवैज्ञानिक त्रास छरपष्ट !
ओली धरमराउँदा देउवाको साथ, अभिव्यक्तिमा मनोवैज्ञानिक त्रास छरपष्ट ! प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले कुलमानको पक्षमा आवाज उठाउनेमाथि निर्मम प्रहार गर्दै यस्तो विषयबाट केहि नहुने भनेका छन् । के ओलीले ताकेको निशाना कांग्रेस नेताहरुलाई पनि लाग्ला ? 
Weather Update