News 24 Television
ओलीलाई पाखा लगाउने रणनीतिमा माओवादी कांग्रेस : के गर्लिन विद्यादेवी ?
ओलीलाई पाखा लगाउने रणनीतिमा माओवादी कांग्रेस : के गर्लिन विद्यादेवी ? प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अन्तरंग वार्ता गरेका छन् । पार्टी बैठकलाई छोटो बनाउदै वालुवाटार हिड्छु भनेका ओली बुढानिलकण्ठ पुगेपछि विभिन्न चर्चा शुरु भएको छ । 
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ?
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ? नेकपा माओवादी केन्द्रभित्रको शक्ति संघर्ष पेचिलो बनिरहेको छ । नेताहरुबीच चलेको संघर्षलाई पार लगाउन प्रचण्डले अनेक जुक्तिको बाटो अबलम्वनको प्रयास गरेपनि त्यो सम्भव होला ? धेरैले शंकाको दृष्टीले नै हेरेका छन् ।
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार 
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार  भारतको बहराईच जिल्लासँग सीमा जोडिएको बर्दियामा पछिल्लो समय लागु औषध प्रयागकर्ता बढेका छन् । नेपालबाट भारतिय सीमावर्ती बजारमा किनमेलका लागि जाने युवाहरुले नै लागु औषध पदार्थ बोकेर र सेवन गरेर आउँने गरेको खुलेको छ । 
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित नारायणी अस्पतालमा थन्किएको स्वास्थ्य उपकरणहरुको मर्मत गरेको छ । लामो समयदेखि अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका ६० वटा स्वास्थ्य उपकरणहरुको मर्मत गरिएको हो ।
भीम रावल कारवाही काण्डमा ‘धुरिदै’ माओवादी, ‘प्रचण्ड–भीम’का उस्तै बोली !
भीम रावल कारवाही काण्डमा ‘धुरिदै’ माओवादी, ‘प्रचण्ड–भीम’का उस्तै बोली ! नेकपा एमालेले पूर्वउपाध्यक्ष समेत रहेका भीम रावललाई संगठीत सदस्यसमेत नरहनेगरी कारवाही गरेपछि अहिले मुलुकको राजनीति नै तरङ्गीत बनेको छ । यस प्रकरणले एमालेमा मात्रै होइन, अन्य दलहरुमा पनि खैला–बैला मच्चिरहेको स्थिति छ । 
कर्मचारीतन्त्रको स्थायित्वका लागि आवधिक सरुवा प्रणाली लागू गर्न प्रस्ताव
कर्मचारीतन्त्रको स्थायित्वका लागि आवधिक सरुवा प्रणाली लागू गर्न प्रस्ताव अध्यक्ष रेग्मीले कर्मचारीहरुमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणाली ल्याउन जरुरी रहेको बताए । सचिवको हकमा १ वर्ष, सहसचिवको २ वर्ष, उपसचिवको ३ वर्ष, शाखा अधिकृतको ४ वर्ष र अन्य कर्मचारीको ५ वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्ने उनकाे भनाइ...
प्रचण्डलक्षित अर्जुननरसिंहको टिप्पणी- 'ओठे भक्तिको प्रदर्शनले देश बन्दैन'
प्रचण्डलक्षित अर्जुननरसिंहको टिप्पणी- 'ओठे भक्तिको प्रदर्शनले देश बन्दैन' शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताए ।  आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताउँदै उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि प्रचण्डलाई सचेत गराए । भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने बताउँदै...
भीम रावलको निश्कासनपछि केन्द्रीय समिति बैठकको तयारीमा एमाले 
भीम रावलको निश्कासनपछि केन्द्रीय समिति बैठकको तयारीमा एमाले  नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाटै निस्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ । 
Weather Update