महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो
मंगलबार, साउन २९, २०८१
हिन्दू अधिराज्य नेपालका लागि कास्कीमा धार्मिक पदयात्रा
मंगलबार, साउन २९, २०८१
साउनकै अन्तिम सोमबारको मौका छोपी नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीले वैदिक सनातन हिन्दू अधिराज्य नेपालका लागि भन्दै धार्मिक पदयात्रा पनि गर्यो । पदयात्रामा प्रमुख अतिथिका रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि थिए । केदारेश्वर मन्दिर पुगेर राप्रपा अध्यक्ष लिङ्देनले हिन्दू राष्ट्रका लागि नाराबाजी नै गरे ।
राष्ट्रिय युवा नीति भदौभित्रै जारी गर्ने मन्त्रीको प्रतिवद्धता
सोमबार, साउन २८, २०८१
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता जाहेर गरे । उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको पनि बताए ।
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा
सोमबार, साउन २८, २०८१
अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सय भन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गरेका छन् ।
मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना
सोमबार, साउन २८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।
सकियो ओलम्पिक, नेपाल रुमलिएका किस्सा !
सोमबार, साउन २८, २०८१
पेरिसमा जारी ओलम्पिकको अन्तिम दिन आइतबार महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा रहिन् । यो नतिजासँग यस पटकको ओलम्पिकमा नेपाल सहभागि राष्ट्र मात्रै बन्न पुगेको छ ।
