News 24 Television
सशस्त्र प्रहरीका प्रशिक्षार्थी अधिकृतहरूले गरे बञ्जी
सशस्त्र प्रहरीका प्रशिक्षार्थी अधिकृतहरूले गरे बञ्जी सशस्त्र प्रहरी बलको 'सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम'का प्रशिक्षार्थी अधिकृतहरूले कुष्मामा रहेको 'द क्लिफ'मा बञ्जी गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बञ्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।     विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
नेताको लडाइँ, पीडितमाथि धुलाइ !
नेताको लडाइँ, पीडितमाथि धुलाइ ! सहकारी पीडितहरू लामो समयदेखि सरकारलाई आफ्नो बचत रकम फिर्ता दिलाउन माग राख्दै ज्ञापनपत्र बुझाउनेदेखि धर्ना दिने र आन्दोलन गर्ने गरिरहेका छन् । देशभरमा सहकारी विभागदेखि नेपाल प्रहरीसम्म उजुरीको चाङ छ । तर, सहकारी पीडितहरूको वास्तविक समस्यालाई वेवास्ता गर्दै संसदमा राजनीतिक दलहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् । 
प्रचण्ड-ओलीको योजनामा कसरी फसे सभामुख ?
प्रचण्ड-ओलीको योजनामा कसरी फसे सभामुख ? प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि निष्पक्षताको प्रश्न उठ्न थालेको छ । सभामुख घिमिरेले संसदमा निष्पक्षता अपनाउन नसकेको भन्दै प्रतिपक्षी दलले आरोप लगाउदै गर्दा एमालेबाहेक सत्ता पक्षका अन्य घटकले भने सभामुखलाई बलियो साथ दिएको देखिदैन । तर, यस्तो परिस्थितिमा पनि सभामुख किन असफलताको बाटोमा उन्मुख बन्न खोज्दैछन् त ? 
Weather Update