काठमाडौंमा आँप खानेको यस्तो भीड ! धुमधाम छ आँपको उत्सव !
शनिबार, असार १४, २०८२
काठमाडौंको मुटुमा अहिले आँपकै मिठास घुलिएको छ । ‘फलहरूको राजा’ को रूपमा चिनिने आँपको स्वाद, स्वदेशी उत्पादनको सान र कृषकको सम्मानलाई एकै ठाउँमा मिसाउँदै ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ ले नेपाली आँपको पहिचानलाई नयाँ उचाइमा पु¥याउने प्रयास गरेको छ । फेस्टमा विश्वकै सबैभन्दा महँगो मानिने मियाजाकी प्रजातिका आँपसमेत देख्न पाइन्छ ।
गण्डकीको बजेट पारित, प्रतिपक्षी असन्तुष्ट
शनिबार, असार १४, २०८२
गण्डकी प्रदेश सरकारको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेशको आर्थिक गतिविधि र विकासको खाका कोर्ने यो बजेटको पक्षमा सत्ता गठबन्धन उभिए पनि प्रतिपक्ष भने असन्तुष्ट देखिएको छ ।
किसान आफैले बनाए आधुनिक प्रविधियुक्त आलु भण्डारण गृह
शुक्रबार, असार १३, २०८२
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ बिगुटारमा तरकारी उत्पादन संगै स्थानीय जातका आलु खेतीपनि उल्लेख्य मात्रामा हुँदै आएको छ । बिगुटारका ३५ भन्दा बढि घरधुरी एउटै कृषक समुहमा आवद्ध भई सामुहिक खेती प्रणालीमा लागेका हुन् । उनीहरुले वर्षमा २ पटकसम्म आलु उत्पादन गर्दै आएका छन ।
रोपाइँ सिजनमा मलको हाहाकार, मन्त्रीको निरीह वाणी
बिहीबार, असार १२, २०८२
कृषिको आधुनिकीकरणबाट देशको समृद्धि तथा युवा स्वरोजगारी प्रवद्र्धन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सुुन्दा जति मिठो सुनिन्छ, नेपालको हकमा भोगाइ त्यति नै तितो छ । मल किनेर खेतबारीमा हाल्छु भन्दा पनि नपाइने देश नेपाल नै त होला । न स्वदेशी मल उद्योग छन्, न त सरकारले विदेशबाट खेतीपाती...
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी
बिहीबार, असार १२, २०८२
सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायले आलोचना गरेका छन् । भुई माँन्छेलाई छुने कुनै योजनाहरु बजेटमा नभएको उनीहरुको टिप्पणी छ । विशेषगरि प्रतिपक्षी दलका नेताहरुले बजेटमा असन्तुष्टि जनाइरहेका छन् ।
बागमतीको कृषि फस्टाउने बजेटको युक्ति, कसरी गरिँदैछ काम ?
बुधबार, असार ११, २०८२
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि रु. ६७ अर्ब ५७ करोडको बजेट ल्यायो । चालु आर्थिक वर्षको भन्दा झण्डै ३ अर्ब बजेट बढाएको प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ, भने कृषि र उद्यमशीलतालाई ध्यानमा राखेर नीति कार्यक्रम तथा बजेट निर्माण गरेको छ ।


