News 24 Television
५.५ मेगवाटको मध्यतादी जलविद्युतलाई जुट्यो लगानी

Logo-of-two-company-1752243567.jpg
। नुवाकोट जिल्लाको ताँदी खोलामा निर्माणाधिन मध्यताँदी खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।

दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले निर्माण गरिरहेको ५.५ मेगावाटको आयोजनाका लागि कुल लागत १ अर्ब १० करोड रुपैयाँमध्ये ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्ने भएको छ ।

 

शुक्रवार काठमाडौँमा जलविद्यूत आयोजनाको लगानीका लागि भएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका छन् । 

baa13a53-f48f-4cff-b1d6-b8337064a118-1752244832.jpg
यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि.ले गर्नेछ । आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । 

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वार्ड नं ६ मा आयोजना निर्माण शुरु भइसकेको छ । अहिले सडक, आवासगृह लगयातको निर्माण भइरहेको आयोजनाका प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत् नुवाकोटस्थित समुद्रटार सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update