
काठमाडौँ । नेपालको औधोगिक घराना चौधरी ग्रुपले भारतको रिलायन्स इण्डस्ट्रिजसँगको सहकार्यमा क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ । रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँग सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन र वितरण सुरु गरेको हो ।
रिलायन्स इण्डस्ट्रिजले नेपालमा दीर्घकालिन सोच तथा लक्ष्यका साथ योजना शुरु गरेको जनाएको छ । आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले क्याम्पा कोला ५० वर्ष पुरानो ब्रान्ड भएको नेपालमा पनि सफल हुने विश्वास गरेका छन् ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले रिलायन्ससँगको साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय पेय पदार्थ उपलब्ध गराउने बताउँदै नेपालमा दिर्धकालिन लगानीमा लगानीकर्ताको विश्वास बढ्ने बताए । बाइट निर्वाण चौधरी प्रवन्ध निर्देशक चौधरी ग्रुप चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले नेपालमा लगानी राम्रो वातावरण रहेको सन्देश दिन सकेमा अन्तराष्ट्रिय लगानीकर्ताहरु आकर्षित हुने बताए ।
क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी विङ र रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेडद्वारा उत्पादित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो ।
क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको सीजीसँगको व्यावसायिक सम्बन्ध विस्तार तथा समग्र नेपाल प्रतिको दीर्घकालीन प्रतिबद्धता थप पुष्टि हुने चौधरी ग्रुपले जनाएको छ ।
चौधरी ग्रुप साझेदारसँग मिलेर नेपालमा क्याम्पा कोला ब्रान्ड ल्याउन पाउँदा उत्साहित आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले बताए । क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड रहेको उल्लेख गदै यस किसिमको सहकार्यवाट बहुराष्ट्रिय कम्पनीहरुको लगानी प्रर्वद्धन हुने विश्वास ब्यक्त गरेका छन् । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु र समग्र देशका लागि राम्रो अवसर भएको रिलायन्स इण्डस्ट्रिज र चौधरी ग्रुप प्रतिनिधिहरुले जनाएका छन् ।