News 24 Television
जलवायु परिवर्तनको जनचेतना जगाउन मेलम्चीको गुफा डाँडासम्म पदयात्रा सम्पन्न

गुफाडाँडा, सिन्धुपाल्चोक । सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि जनचेतना जगाउने उद्धेश्यले सजग  शनिबार पत्रकार पदयात्रा कार्यक्रम आयोजना गरेको छ । काठमाडाैँ शंकरपुर नगरपालिका साँघुबाट शुरु गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरे गुफाडाँडामा पुगेर सम्पन्न गरेको थियो । मेलम्ची नगरपालिकाको सहकार्यमा भएको पत्रकार पदयात्रामा काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पुगेर सम्पन्न भएको थियो । पदयात्रामा  काठमाडौ, नुवाकोट, काभ्रे र  सिन्धुपाल्चोक जिल्लाका विभिन्न सञ्चार माध्यमका १०० जनाभन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

सम्पादक समाज नेपालले मेलम्ची नगरपालिकाको सहकार्यमा गरेको पदयात्रा कार्यक्रम पत्रकारहरुलाई वातावरणीय प्रभाव र जलवायु परिवर्तनको बिषय र यसले सामाजिक आर्थिक तथा कृषि क्षेत्रमा पर्न सक्ने प्रभावको बिषयमा पत्रकारहरुलाई स्थलगत भ्रमण तथा पदयात्रा गराइएको थियो । गत वर्ष नुवाकोटको शिवपुरीमा रहेको लौके झरनामा पदयात्रा गरेको सम्पादक समाजले यो पटक भने सिन्धुपाल्चोकको गुफाडाँडामा कार्यक्रम गरेको हो । मेलम्ची नगरपालिका वडा नं ९ स्थित ज्यामिरेमा रहेको क्यालेठाना आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय महत्व भएर पनि यस क्षेत्रमा प्रदेश तथा संघीय सरकारले वेवास्ता गरेको गुनासो गरेका थिए । मेयर तामाङले बजेट अभावको कारण काम गर्न कठिन भएको र हाल नगरपालिकाले आफनो स्रोतवाट काम गरिरहेको बताए । 

ec0c5318-1009-49c9-8d97-df5584580391-1752418848.jpg
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीवाट २०७५ सालमा सो क्षेत्रमा जलवायु पार्कको रुपमा उद्धघाटन गरिएको थियो । पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने सो पार्कलाई प्रदेश र केन्द्रीय सरकारले आवश्यक बजेट बिनियोजन नगरेको गुनासो सो क्षेत्रका जनप्रतिनिधिी तथा वडा नं ९ का वडा अध्यक्ष किरणदीप खड्काले बताए । सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले प्राकृतिक विपत तथा जोखिम व्यवस्थापनमा संचारकर्मीहरुलाई जनजेतना जगाउने सरकारलाई ध्यानाकर्षण गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम संचालन गरिएको बताए ।

त्यसैगरी सम्पादक समाजका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारवावु बस्नेतले पर्यटकीय गन्तब्यको रुपमा रहेको गुफा डाँडाको विकास र स्थानीय उत्पाददनको प्रवद्र्धनमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले वातावरण तथा प्राकृतिक विपत्तिको विषयमा स्थानीय संचारकर्मीहरुलाई जनचेतना आवश्यक भएको बताए ।

a0fd0cf4-1459-4fda-a75a-e1be5c53ea10-1752418881.jpg
सम्पादक समाज नेपालका संरक्षक किरण वैधले सम्पादक समाजले पत्रकारहरुलाई वातावरणी विनासजे मानव जीवन, कृषि तथा आर्थिक क्षेत्रमा पर्ने जोखिम र प्रभावको बिषयमा जानकारी दिनुको सार्थै सचार माध्यमबाट जनतालाई जागृत गराउने सूचना सम्प्रेषणका लागि सहयोग पुग्ने विश्वास गरेका छन् ।

क्यालेठाना आधारभूत स्कूलमा आयोजित कार्यक्रममा स्थानीय झाँक्री तथा लामाहरुले विशेष सांस्कृतिक कार्यक्रम मार्फत स्वागत गरिएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर तामाङले विद्यालयले स्थानीय क्षेत्रको शिक्षामा निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए । विद्यालयका प्रधानअध्यापक भरत कुमार मल्लले स्थानीय विद्यालयको रुपमा विद्यार्थीको विकासमा काम काम गरेको बताए ।

f7dfc82e-784a-41d6-a6a1-22bf259177b8-1752418914.jpg
सम्पादक समाज नेपालको आयोजनामा बिभिन्न संचार माध्यमवाट सहभागी भएका सय जना भन्दा बढी संचारकमीहरुलाई शंखरापुर नगरपालिकाका मेयर रमेश नापित र वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले पद यात्रामा सहभागीलाई स्वागत गदै जलवायु परिवर्तनको प्रभाव र जोखिमको बिषयमा संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गरेका थिए ।

पदयात्रामा शिखर इन्सुरेन्स मेलम्ची नगरपालिका र शंखरापुर नगरपालिका र मेलम्चीका विभिन्न स्थानीय वटा तथा संघ संस्थाहरुको सहयोग रहेको थियो । 

d41de2e1-1348-4c84-a0fc-1a3507058ddb-1752418944.jpg
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update