News 24 Television
पोस्टमार्टमको लागि राखिएको शव लिएर‌ फरार 'आफन्त समूह', प्रहरी मुखदर्शक !

सप्तरी । सप्तरीको‌ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमको‌ लागि राखिएको शव लिएर‌ आफन्तको झुण्ड फरार भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडिबाटै पोष्टमार्टम गर्न नमान्दै प्रहरीसँग झडप गर्दै शव लिएर जाँदा समेत प्रहरीले उनीहरुलाई रोक्न असफल भएका छन्।

सप्तरीको बिष्णुपुर गाउँपालिका–१ थलहीकी ४५ वर्षीय मसुरन खातुन शुक्रबार दिउँसो माइतीघर राजगढ गाउँपालिका – ३ नर्घोमा धान रोपिरहँदा अचानक बेहोस भएर उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो । 

उपचारको क्रममा उनको मृत्यु भएपछि प्रहरीले शवको पोष्टमार्टम गर्न गजेन्द्रनारायण अस्पताल राजविराजको पोष्टमार्टम गृहमा राखेको थियो। तर उनका आफन्तले पोष्टमार्टम गराउन नमान्दै बेलुका ५ बजेतिर आएको एक झुण्डले बलजफ्ती पोष्टमार्टम गृहलाई तोडफोड गर्दै शव लिएर फरार भएका छन् ‌।

2-1752844619.jpg
अस्पतालमा झुण्ड आएर तोडफोड गर्न लागेपछि मेडिकल सुपरिटेन्डेन्ट प्रकाश प्रसाद साहले सप्तरी प्रहरी प्रमुख गौतम केसीलाई जानकारी गराउँदा समेत प्रहरी उनीहरुलाई रोक्न सकेनन्। 

जिल्ला प्रहरी कार्यालयबाट केही संख्यमा परिचालित प्रहरीले झुण्डलाई‌ रोक्न प्रयास गरेपनि उनीहरू रोक्न असफल भएका छन्। झुण्डले प्रहरीसँग घम्साघम्सी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडिबाटै शव लिएर‌ गएका छन्।‌ जिल्ला प्रहरी कार्यालय सप्तरीका‌ प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले पोष्टमार्टम गर्न शव राखेको स्विकारे। तर शव लान प्रहरीले रोक्न नसकेपछि उनले पोष्टमार्टमको आवश्यकता नदेखिएकोले प्रहरीेले उनलाई नरोकेको जवाफ दिए।

34-1752844638.jpg
पोष्टमार्टमको लागि राखिएको शव जबरजस्ती लिएर फरार भएपछि यसमा आशांकाको बिषय देखिएको छ। शवको पोष्टमार्टम नहुँदा यसको अनुसन्धान प्रभावित हुने देखिएपनि प्रहरीले यसमा तदारुकता देखाएको छैन्।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update