News 24 Television
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग !
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग ! सप्तरीको कञ्चनरूप नगरपालिका अहिले अस्तव्यस्त बनेको छ । नगरपालिकामा कर्मचारीहरु रहेपनि सेवा प्रवाह गर्न हात बाँधे सरह दिन विताउनु परेको छ, कर्मचारीले । चालु आर्थिक वर्षको पहिलो चौमासिक नै सकिएपनि अहिलेसम्म पनि यस नगरपालिकाको बजेटसम्बन्धि लफडाले नगरवासी हैरान बनेका छन् ।
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार !
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार ! सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मुसहर समुदाय फोहोरमै दिनचर्या चलाउनुपर्ने बाध्यतामा छन् । घरमा कलको सुविधा नभएकोले उनीहरू भाँडाकुँडा धुनेदेखि नुहाउनसम्मको कार्य लागि नदीमा जाने गर्दछन् । यतिमात्रै होइन, उनीहरु नदी छेउछाउमै दिशा पिसाब गर्दछन् । फोहोर पानीको प्रयोगले नै बस्तीमा झाडापखाला फैलिएको छ ।
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन   भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन्  ।
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल जेन–जी आन्दोलनको प्रभावबाट सप्तरी जिल्ला अहिले पनि सामान्य बन्न सकेको छैन । उग्र बनेको भीडले सप्तरीमा राजनीतिक दलका पार्टी कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा आगजनी गरे ।
कार्यवाहक मेयर अनिता सेटिङ मिलानमा व्यस्त ! स्थानीय नै उत्रिए विरोधमा
कार्यवाहक मेयर अनिता सेटिङ मिलानमा व्यस्त ! स्थानीय नै उत्रिए विरोधमा जेन–जी आन्दोलनले मुलुकको राजनीतिक स्थिति फेरिएको छ । तर, स्थानीय सरकारमा काम गर्ने शैलीमा परिवर्तन नआएको झल्को सप्तरीको शम्भुनाथ नगरपालिकामा देखिएकोे एक घटनाले देखाएको छ । नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई नपठाउन कार्यवाहक नगरप्रमुखले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रले यतिबेला चर्चा पाइरहेको छ ।
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् । 
Weather Update