News 24 Television
सप्तरीको डाक्नेश्वरीमा के हो यस्तो ? सेटिङ नमान्ने कर्मचारी सिधै सरुवा !
सप्तरीको डाक्नेश्वरीमा के हो यस्तो ? सेटिङ नमान्ने कर्मचारी सिधै सरुवा ! सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव रहेको पाइएको छ । त्यस्तै पालिकाका सह–स्वास्थ्य संयोजकले औषधि नै नदिइ स्वास्थ्य चौकीबाट भरपाई गराउन खोजेको समेत सार्वजनिक भएको छ भने यस्तो कुकृत्यमा सहभागि हुन नखोज्ने कर्मचारीलाई नगरपालिकाले एकैपटक सरुवा गरिदिएपछि अहिले उनीहरू आन्दोलित बनेका छन् ।
चुनावी माहोलले देश तात्तियो, तर सप्तरीका विपन्न हर्ष न विस्मातको अवस्थामा
चुनावी माहोलले देश तात्तियो, तर सप्तरीका विपन्न हर्ष न विस्मातको अवस्थामा आशन्न निर्वाचनका लागि निर्वाचन आयोग अन्तर्गतका निर्वाचन कार्यालयहरूले धमाधम काम गरिरहेका छन् भन नेताहरुले पनि आफु चुनावमा उठ्ने क्षेत्रका मतदातामाझ भेटघाट लगायतका विविध कसरत सुरू गरेका छन् । तर आउँदै गरेको निर्वाचनप्रति सप्तरीका विपन्न वर्गका मानिसहरुमा भने कुनै उत्साह छैन ।
गरिबीको मारमा सदा परिवार, छोरी अस्पतालमै, आमाको मृत्युले झन बेहाल
गरिबीको मारमा सदा परिवार, छोरी अस्पतालमै, आमाको मृत्युले झन बेहाल सप्तरीको विष्णुपुर गाउँपालिका–६ रन्जितपुरका दिनेश सदालाइ गरिवीको पीडाले सताएको छ । अचानक बिरामी भएकी छोरीको उपचारमा रहेको सदाले आमा गुमाउँदा अहिले काजक्रिया खर्च कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।
कोशी सम्झौताले उठिबास लाग्दै, व्यवस्थापनका लागि सरकारको भरोषा
कोशी सम्झौताले उठिबास लाग्दै, व्यवस्थापनका लागि सरकारको भरोषा सप्तरीको तिलाठी कोइलाडी–८ तोपाका विपन्न सदा बस्तीका बासिन्दा कोशी सम्झौताका कारण बसिरहेको घर छोड्नु पर्ने अवस्थामा पुगेका छन् । शितलहर र चिसोले हायलकायल भएका उनीहरु घर छोड्न जिल्ला प्रशासन कार्यालय सप्तरीको पत्र आएपछि निकै तनावमा छन् ।
आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग
आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गर्दै स्थानीय युवा, व्यापारीसहितका सम्बद्ध पक्षले सप्तरीस्थित सरकारी कार्यालयहरु बन्द गराएका छन् । स्थानीय बासिन्दाको आन्दोलनलाई स्थानीय तहहरुले पनि साथ दिएका छन् । आन्दोलनलाई एक्यवद्धता जनाउन गरेको आग्रह अनुसार जिल्लाका स्थानीय तहहरु बन्द गरिए भने सरमुकाममा सरकारी कार्यालयका सेवाहरु समेत प्रभावित भए ।
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग !
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग ! सप्तरीको कञ्चनरूप नगरपालिका अहिले अस्तव्यस्त बनेको छ । नगरपालिकामा कर्मचारीहरु रहेपनि सेवा प्रवाह गर्न हात बाँधे सरह दिन विताउनु परेको छ, कर्मचारीले । चालु आर्थिक वर्षको पहिलो चौमासिक नै सकिएपनि अहिलेसम्म पनि यस नगरपालिकाको बजेटसम्बन्धि लफडाले नगरवासी हैरान बनेका छन् ।
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार !
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार ! सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मुसहर समुदाय फोहोरमै दिनचर्या चलाउनुपर्ने बाध्यतामा छन् । घरमा कलको सुविधा नभएकोले उनीहरू भाँडाकुँडा धुनेदेखि नुहाउनसम्मको कार्य लागि नदीमा जाने गर्दछन् । यतिमात्रै होइन, उनीहरु नदी छेउछाउमै दिशा पिसाब गर्दछन् । फोहोर पानीको प्रयोगले नै बस्तीमा झाडापखाला फैलिएको छ ।
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन   भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन्  ।
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल जेन–जी आन्दोलनको प्रभावबाट सप्तरी जिल्ला अहिले पनि सामान्य बन्न सकेको छैन । उग्र बनेको भीडले सप्तरीमा राजनीतिक दलका पार्टी कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा आगजनी गरे ।
कार्यवाहक मेयर अनिता सेटिङ मिलानमा व्यस्त ! स्थानीय नै उत्रिए विरोधमा
कार्यवाहक मेयर अनिता सेटिङ मिलानमा व्यस्त ! स्थानीय नै उत्रिए विरोधमा जेन–जी आन्दोलनले मुलुकको राजनीतिक स्थिति फेरिएको छ । तर, स्थानीय सरकारमा काम गर्ने शैलीमा परिवर्तन नआएको झल्को सप्तरीको शम्भुनाथ नगरपालिकामा देखिएकोे एक घटनाले देखाएको छ । नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई नपठाउन कार्यवाहक नगरप्रमुखले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रले यतिबेला चर्चा पाइरहेको छ ।
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् । 
Weather Update