News 24 Television
खुला सीमाका कारण निकासी पैठारीमा चुनौती

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा  चुनौतीहरु रहेको बताएका छन् ।

आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई  सम्बोधन गर्दै उहाँले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताएका हुन् । मन्त्री भण्डारीका अनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ ।

उद्योगमन्त्री भण्डारीले अब व्यवसायहरुलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनका अनुसार छिमेकी मुलुकहरुसँगको ब्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर छ ।

मन्त्री भण्डारीले भने–  ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको छ । खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । चोरी निकासीबाट भन्दा पछि अधिकतम रुपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरु भित्राउने भन्नेमा हामी लागिरहेका छौं । व्यापारलाई सहजिकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ ।’

उनले निकासी पैठारी सम्बन्धी पुराना कानूनहरुलाई सरकारले समयानुकुल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराइसकेको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update