
काठमाडौँ । प्रतिनिधि सभाको बैठकले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकले सम्झौतालाई अनुमोदन गरेको हो ।
विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रश्ताव बहुमतले पारित गरिएको सभामुखले घोषणा गरे । सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए ।
प्रश्तावउपर सांसदहरुले आफ्ना धारणा समेत राखेका थिए । सांसदहरुको धारणापछि बोल्दै मन्त्री भण्डारीले डब्ल्युटिओबाट नेपाल सरकारलाई पनि यसमा सहमति जनाउन प्रश्ताव आएको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको बताए । उनले नेपालमा आयात गरिने माछाहरुमा न्युनीकरण हुने, नेपालमा उत्पादन माछाले बजार पाउने बताए ।
सम्झौता कार्यान्वयन भएको खण्डमा थप विश्व व्यापार संगठनसँग मुद्दाहरुले प्राथमिकता पाउने भण्डारीकाे भनाइ छ ।