News 24 Television
विधेयकमाथि दफावार छलफल चल्दा निश्चित तहका पदाधिकारीलाई मात्र पहुँच दिनुपर्ने

काठमाडौँ । कुलिङ पिरियड छानविन समितिका संयोजक जीवन परियारले समितिको प्रतिवेदन संसदमा पेश गरेका छन् । मंगलवार प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश गर्दै कुलिङ पिरियडमा गडबडी भएको निष्कर्ष समितिले निकालेको बताए ।

उनका अनुसार गडबडीमा संलग्न राजनीति व्यक्तिलाई राजनीतिक रुपमा जिम्मेवार बनाउनुपर्छ । कर्मचारीको पदीय तथा कानूनी जिम्मेवारी हुने भएकाले सोही बमोजिमको सुझाव समितिले दिएको छ ।

संयोजक परियारले भने– ‘आगामी दिनमा यस्ता त्रुटिहरु हुन नदिन मुल विधेयक र समितिको प्रतिवेदन एकीकृत रुपमा मिलाएर हेर्ने र अध्ययन गर्ने अभ्यास शुरु गर्ने, विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिर्ने सुझाव छ । विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई नै त्यससम्बन्धमा बढी जवाफदेही बनाउनुपर्छ । विषयवस्तुको प्रकृतिअनुसार संवेदनशिल छलफलमा गोपनियता र पारदर्शीतालाई सन्तुलनमा राख्न सोहीअनुसार सरोकारवालाबाहेक अन्यलाई प्रवेश दिनुहुँदैन ।’

संयोजक परियारले समितिका निर्णयहरुमा एकरुपता कायम गर्न र मानविय त्रुटी कम गर्न दिगदर्शन तयार गरी लागू गर्नुपर्ने बताए । परिमार्जन भएका विषयहरुमा समिति सभापतिले प्रष्टसँग वाचन गरी निर्णय पुस्तिकामा लेखी निर्णयमा संलग्न समिति सदस्यहरुको हस्ताक्षर पुस्तिकामा गर्नुपर्ने सुझाव समितिले दिएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update