चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : प्रथम राष्ट्रपति
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए । चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत उनले आह्वान गरे ।
पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरेका छन् । उनले शिक्षा र स्वास्थ्यमा राजनीति नहुनुपर्नेमा पनि जोड दिए ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २१:००
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    