
मकवानपुर । बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक किचलोकाबीच मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन् । बहादुर सिंह लामालाई रोचक बहिर्गमनमा पु¥याएका बानियाँले मुख्यमन्त्रीको कुर्सी सम्हालेपनि पार्टीभित्रको आन्तरिक विवादलाई समाधानको बाटोमा लैजान सक्लान ? यो विषय पर्खाईमा छ । कांग्रेसबाट जाने मन्त्रीहरु नै टुंगो लगाउन नसकेका बानियाँमाथि चुनौतिसंगै नेतृत्व परीक्षणमा जाने अवसर भने जुरेको छ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँ सहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँ सहित कांग्रेसका शिवराज अधिकारी विनाविभागीय र कृष्णकुमार तामाङले खानेपानी उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, एमालेका ६ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ्। एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै प्रदेश सरकार अस्थिर हुनुमा आफ्नो कुनै गल्ती नभएको उल्लेख गर्र्दै मुख्यमन्त्री बानियाँले दलीय व्यवस्थामा दलमाथि वितृष्ण आएको नभएर दलीय व्यवस्था नमान्नेले वितृक्ष्णा फैलाएको दाबी गरे ।
त्यसोत, आफ्नो कार्यकालमा प्रदेशमाथि जनताको भरोसा जगाउने काम गर्ने मुख्यमन्त्री बानियाँले बताए । बोलेर भन्दा पनि काम गरेर प्रदेश के हो ? भन्ने आफ्नो कार्यकालमा पुष्टि गरेर देखाउने उनको दाबी छ ।
कांग्रेसको भागमा परेका मन्त्रालयमा दुई मन्त्री नियुक्त गरिएपनि एकजनाको विभाग नै तोकिएको छैन् । विनाविभागीय मन्त्री बनेका शिवराज अधिकारीले विश्वासको मतपछि जिम्मेवारी पाउने अपेक्षा गरेका छन् । तर, कुनै टुंगो भने लागेको देखिन्न ।
१४ मन्त्रालय रहेको बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्री सहित ७ मन्त्री पाउनेछन् । पार्टीभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन । केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ । एमालेले आफ्ना मन्त्री पठाएपनि कांग्रेसले कहिलेसम्म मन्त्रीको नाम टुंगो लगाउला भन्नेमा शंका देखिन्छ ।
बागमती प्रदेशमा यसअघिका मुख्यमन्त्री लामाले मदुकुमार श्रेष्ठलाई लामो समयसम्म मन्त्रालय नै दिन सकेका थिएनन् । उनलाई मन्त्रालय दिन अनेक प्रपञ्च रचिएको थियो । अहिले पनि कांग्रेसको आन्तरिक किचलो जटिल मोडमा पुगेकै कारण बागमतीको सरकारले कहिले पूर्णता पाउँछ भन्ने विषय चासोमा छ । उसोतः बानियाँले अबको ७२० दिनसम्म मुख्यमन्त्रीको कार्यकाल सम्हाल्न पाउने स्थिति छ । यद्यपी कांग्रेसको राजनीति र सत्ता समिकरण कस्तो स्थितिबाट गुज्रिन्छ भन्ने विषयले पनि उनको सत्ता आयु निश्वित गर्नेछ ।