News 24 Television
सरकारविरुद्ध आक्रामक ओली राष्ट्रपतिप्रति पनि असन्तुष्ट

काठमाडौं । केही समययता विपक्षी दलहरु सरकारप्रति आक्रामक बनिरहेका छन् । सत्तारुढ दल रास्वपाप्रति नरमभाव देखाउने गरेका विपक्षी दलहरुले सरकारप्रति खासगरि प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रामक बनिरहेका छन् । 

नेकपा एमालेको हालै सम्पन्न राष्ट्रियभेलाले सरकारविरुद्ध आन्दोलन चर्काउने निर्णय नै गरेको छ । सरकारविरुद्ध आक्रामक बनिरहेका एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनपछिको परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पनि असन्तुष्टी ब्यक्त गरेका छन् । 

गत वर्ष भदौ २३ र २४ को युवापुस्ताको आन्दोलनपछि राजनीतिक कोर्ष बदलिए पनि २०७२ सालकै संविधानमै टेकेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । कार्की नेतृत्वकै सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न ग¥यो । भदौ २३ र २४ जेनजी आन्दोलनपछि केही दिन पुराना राजनीतिक दलहरु विस्थापितकै अवस्थाममा पुगेका थिए । 

राष्ट्रपति, पूर्वराष्ट्रपति, तत्कालिन सरकार तथा विपक्षी दलका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा लगेर राखेको थियो । तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त काठमाडौं उपत्यका भन्दा बाहिर मकवानपुरको सुपारीटार ब्यारेकमा झण्डै २ सातासम्म नै गुपचुप राखिएको थियो । 

मुलुकमा राजनीतिक सन्नाटकाबीच संसद विघटनदेखि संविधान नै खारेज गर्नेसम्मका प्रस्तावहरु आफूलाई आन्दोलनका स्टेकहोल्डर बताउने केही समूहले राखेको थियो । तत्कालिन काठमाडौं महानगरका मेयर बालेन्द्र शाह सेनासँग वार्ता गर्न हालका गृहमन्त्री सुधन गुरुङ लगायतलाई निर्देशन दिइरहेका थिए । त्यो अवस्थामा संविधान नै रहने कि नरहने त्रासदी कांग्रेस, एमाले, तत्कालिन माओवादी केन्द्रकै शीर्ष नेताहरुलाई थियो । 

राजनीतिक सन्नाटाकाबीच दरबारिया पक्षबाट पनि अनेक प्रयत्न भएका थिए । विवादित ब्यापारी दुर्गा प्रसाईँलाई सेनाले आन्दोलनको स्टेकहोल्डर भन्दै वार्तामा समेत डाकेको थियो । तर असंगठित रुपमा रहेका जेनजीहरुको बेमेलकाबीच सेनाको नेतृत्वमा भएको वार्ता संसद विघटनको दिशामा अघि बढेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संधिवानकै जगमा टेकेर अन्तरिम सरकार गठन गर्दै संसद विघटन गराए । जसलाई आफ्नो चतु¥याईले जुत्ति बलले गर्दा संविधान जोगिएको राष्ट्रपति पौडेलको भनाई थियो । जतिबेला कांग्रेस, एमाले, माओवादी नेताहरुले राष्ट्रपति पौडेलको प्रशंसा नै गरेका थिए । 

त्यसयता अन्तरिम सरकारदेखि फागुन २१ मा निर्वाचन सम्पन्न भई रास्वपा नेतृत्वमा सरकार गठन भएपछि पनि नेकपा एमाले निरन्तर रुपमा सरकारप्रति आक्रामक छ । निर्वाचनपछि गठित बालेन्द्र शाह नेतृत्वको सरकारको गतिविधिले पनि विपक्षी दलहरुलाई झनै आक्रामक बनायो । 

प्रधानमन्त्री शाहको संसदप्रतिको वेवास्ताले चिढिएका दलहरुलाई प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोष्टममै उभिएर नेपालले पनि भारतको भूमि मिचेको अभिब्यक्ति दिएपछि संसदमा सत्तारुढ दल र विपक्षीबीच लामै समय जुहारी चल्यो । 

पछिल्लो समय सञ्चार माध्यामको गेटमा गाडी तेर्साउनेदेखि पत्रकारलाई संचारकर्मीहरुलाई न्यूजरुममै पुगेर धरपकड गर्नेसम्मका काम भएपछि विपक्षी दलहरु झनै आक्रामक भए । सरकारका विभिन्न गतिविधिले सरकार र सत्तारुढ दलबीचकै सुषुप्त रुपमा बेमेलेका श्रृंखलाहरु शुरु भए । जसले गर्दा विपक्षी दलहरु सरकारप्रति आक्रामक भइरहँदा सत्तारुढ दल रास्वपाप्रति नरम नीति लिइरहेका छन् । 

राष्ट्रपतिप्रति पनि ओलीको असन्तुष्टि 

जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले जुक्ति लगाएर संविधान जोगाएको दलका नेताहरुले सार्वजनिक अभिब्यक्ति नै दिएका थिए । ओलीले अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतङ्कपूर्ण, आगजनी, तोडफोड त्यसबाट सुरु भएको  भन्न छाडेका छैनन् । सदनदेखि सडकसम्म नै सरकारविरुद्ध एमालेको आक्रोश उस्तै छ । 

जेनजी आन्दोलनप्रतिको दृष्टि पनि फेरिएको छैन । एमालेले मंसिर ३ र ४ गतेसम्म राष्ट्रिय भेलाबाट लोकतन्त्रको रक्षार्थ आन्दोलन चर्काउने संकल्प प्रस्ताव नै पारित गर्यो । सरकारप्रति निरन्तर आक्रामक ओलीले शनिवार पार्टीको जनवर्गीय संगठन नेशनल भोलिन्टियर्स फोर्सको स्थापना दिवसको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष पनि तुष पोखे । ओलीले पौडेललाई डरपोक राष्ट्रपतिको उपमा दिए । 

एमाले अध्यक्ष ओलीले अदालतप्रति पनि असन्तुष्टी ब्यक्त गरेका छन् । असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन भयो भने आफूहरुले मुद्दा हालेको तर फैसला नगरी चुप लागेर बसेको भनी सर्वोच्च अदालतप्रति पनि ओलीले असन्तुष्टि ब्यक्त गरेका छन् । राज्यका निकायहरुले पनि मौन बसेको भन्दै ओली रुष्ट बनेका छन् । 

लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको ओलीको आरोप छ । गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अन्तरिम सरकार हुँदै निर्वाचनसमेत सम्पन्न भएको पनि एक वर्ष पूरा हुँदैछ । नयाँ सरकारले प्रदेश र स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेको छ । तर पनि एमाले भने संसद पुनस्र्थापनाको मुद्दामा अडिग छ । 

सडकबाटै वर्तमान सरकारलाई ढाल्ने रणनीतिक चालमा रहेका ओलीले आफ्ना पार्टीका नेता कार्यकर्तालाई आन्दोलन हुने भन्दै तयारीमा रहन निर्देशन दिइरहेका छन् । 

अन्य विपक्षी दलहरुलाई पनि साथमा लिएर आन्दोलन चर्काउनका लागि एमालेले मोर्चाबन्दीको प्रयास पनि गरिरहेको छ । पुनः आन्दोलन चर्काएर आफू जसरी सत्ताच्यूत हुनु परेको थियो, त्यसरी नै बर्तमान सरकारलाई सडकबाटै ढाल्ने ओलीको रणनीति कति कामयावी होला, त्यो त भविष्यले बताउने छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update