News 24 Television
जलश्रोत विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ ।  जलश्रोत विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलश्रोत विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विधेयकलाई पारित गर्नका लागि प्रश्ताव गरे । प्रश्तावलाई सभाका सम्पूर्ण सदस्यहरुले सहमति जनाउनुभएको राष्ट्रिय सभा अध्यक्षले घोषणा गरे ।

प्रश्ताव पारित हुनुअघि सभामा विधेयकबाट छलफल भएको थियो । छलफलको जवाफ दिँदै मन्त्री खड्काले अहिले विपद्ले मुलुकलाई पुगिरहेको क्षतिप्रति र यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा परिमार्जित कानूनको आवश्यकता परेकाले विधेयक ल्याएको बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update