
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि शनिबार अक्सन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको अक्सन उत्साहजनक देखिएको छ । शनिबारको अक्सनबाट कुन खेलाडी कतिमा सेल्ड आउट भए त ?
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि शनिबार आयोजना गरिएको अक्सनबाट केही खेलाडीहरु चम्केका छन् भने, केही सोल्डआउट हुन सकेनन् । यद्दपी, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको अक्सन उत्साहजनक देखियो ।
को कतिमा भए सोल्ड आउट ? कति हो अधिकत्तम र न्यूनत्तम मूल्य
– ए श्रेणीका तीन खेलाडी पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५–१५ लाख रूपैयाँमा बिक्री भए । उनीहरू तीनै खेलाडीलाई एकभन्दा बढी टोलीले बोली लगाएपछि लक्की ड्र भएको थियो ।
– अक्सनमा ए श्रेणीको न्यूनत्तम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ रहेको थियो ।
– बी को न्यूनत्तम ५ लाख र अधिकतम १० लाख रुपैयाँ रहेको थियो ।
– सी श्रेणीको न्यूनत्तम २ लाख र अधिकत्तम ५ लाख रूपैयाँ थियो ।
– देव खनाल – चितवन राइनोज –१५ लाख रूपैयाँ) (चितवन र लुम्बिनीको लक्की ड्र)
– दिलीप नाथ – लुम्बिनी लायन्स –१० लाख रूपैयाँ
– हेमन्त धामी – सुदूरपश्चिम रोयल्स – १० लाख रूपैयाँ (चार टोलीको लक्की ड्र)
– सूर्य तामाङ – विराटनगर किंग्स – १० लाख रूपैयाँ
– अर्जुन साउद – चितवन राइनोज – १५ लाख रूपैयाँ (लक्की ड्र)
– टेक रावत – सुदूरपश्चिम रोयल्स – २ लाख रूपैयाँ
– शाहिल पटेल – विराटनगर किंग्स – ५ लाख रूपैयाँ
– उत्तम थापा मगर – काठमाडौं गोर्खाज – ३ लाख रूपैयाँ
– पवन सर्राफ – कर्णाली याक्स – १५ लाख रूपैयाँ (लक्की ड्र)
– अभिषेक तिवारी – पोखरा एभेन्जर्स – २ लाख रूपैयाँ
– सचिन भट्ट – जनकपुर बोल्ट्स – २ लाख रूपैयाँ
कुन टोलीमा को खेलाडी ?
– चितवन राइनोज – देव खनाल, अर्जुन साउद
– विराटनगर किङ्स : सूर्य तामाङ, शाहिल पटेल
– लुम्बिनी लायन्स : दिलिप नाथ
– सुदूरपश्चिम रोयल्स : हेमन्त धामी, टेक रावत
– काठमाडौं गोर्खाज : उत्तम थापा मगर
– पोखरा एभेन्जर्स : अभिषेक तिवारी
– जनकपुर बोल्ट्स : सचिन भट्ट
ए र बी श्रेणी खेलाडीहरू
श्रेणी ए – सन्तोष कार्की, मौसम ढकाल, सुनिल धमाला
श्रेणी बी – रवीन्द्र जंग शाही, अनिल खरेल, शंकर राना, रित गौतम,दीपक बोहारा, मिलन बोहारा, भुवन कार्की, कृष्ण कार्की
सोल्ड आउट हुने अन्य क्रिकेटरहरु पनि रहेका छन् ।
यस अक्सनमा बोली नलागेका खेलाडीलाई फेरि सूचीबाट टोलीमा लिन सक्ने व्यवस्था छ।