News 24 Television
एनपीएल अक्सनले चम्किए क्रिकेटर, कुन टिमको भविष्य कस्तो ?

काठमाडौं । एनपीएल मिनी अक्सनमा क्रिकेटरहरुको मोलमोलाई भएपनि केही चर्चित अनुहारहरु रोजाईमा पर्न सकेनन् । एकै दिनमा कोही लखपति बने भने कोही खाली हात रहे । समग्रमा दोस्रो संस्करणको एनपीएलको अक्सन कस्तो रहयो त ? 

एनपीएल मिनी अक्सन शनिबार सम्पन्न हुँदै गर्दा क्रिकेटरको मूल्य र टिमको सम्भावित भविष्यबारे चर्चा शुरु भएका छन् । अक्सनले एकै दिनमा केही क्रिकेटरलाई लखपति बनायो, केही रित्तो हात नै रहे । केही नाम चलेका क्रिकेटरहरु पनि टिमको रोजाईमा पर्न सकेनन् ।

आकर्षणको केन्द्रमा आदिल र युवराज

अक्सनमा सबैको आकर्षणको केन्द्र आदिल आलम र युवराज खत्री रहे । अक्सन हल देखि सामाजिक सञ्जालबाट प्रत्यक्ष लाइभ हेरिरहेका दर्शकको प्रतिक्षामा यी दुई नाम थिए । 

अक्सन हलमा जब आदिलको नाम सार्वजनिक भयो अनि फ्रेन्जाइज आठ टोली विच अनुबन्ध गर्न हानथाप नै भयो । अदिलको न्युनतम मुल्य १० लाखबाट सुरु हुँदा आठ वटै टोली लागि परे, जब अधितम मुख्य १५ लाख सम्म राकियो त्यसपछि भाग्य भरोसामा काठमाडौँ गोर्खाजले बाजी मार्याे । 

सुरु देखि नै आदिल अक्सनको हट केक बनिरहे । निजी जीवनका विभिन्न उतारचढाप पार गर्दै अघि बढेका आदिल मधेश प्रदेशको बारा सिम्रौनगढका स्थायीबासी हुन् । सामान्य घरपरिवारबाट क्रिकेट करियरमा सुरु गरेका आदिल २१ बर्षका पुगे । १९ बर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी दायाँहाते ब्याटर र राइटआर्म मिडियम फास्ट बलर हुन् । अर्थात् उनी हार्डहिटर अलराउन्डर हुन् । उनको हेलिकप्टर छक्का प्रहार गर्ने कौशलताको त नेपाली क्रिकेट समर्थक दिवाना बनीसकेका छन् । 

स्पट फिक्सिङको झमेला, प्रतिबन्ध फुकुवादेखि अक्सनका हटकेकसम्म 

एनपीएल सिजन २ मा अक्सनको केन्द्र बनेका अदिल नेपाल टि–२० लिगमा स्पट फिक्सिङका कारण दुई वर्षभन्दा बढी समय प्रतिबन्धमा परेका थिए । 

२०७९ सालको पुस ९ देखि २७ गतेसम्म सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङका कारण क्यानको एन्टी करप्सन कोडले उनीमाथि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । 

प्रतिवन्धकै कारण उनले पहिलो सिजनको एनपीएल त गुमाए नै चन्द्रसुर्य अंकित जर्सीमा देखिने सपनामा कालो बादल मडारिन पुग्यो । नेपाल क्रिकेट संघ (क्यान)ले गत बैशाखमा प्रतिबन्ध फुकुवा गरेसंगै उनको जिवन पुनः खुसिको बाहार आएको थियो । 

आदिलको टि–२० करियर 

अलराउन्डर आदिलले राष्ट्रिय टोलीबाट डेब्यु सन् २०२२ मार्च ३१ मा गरेका थिए । कीर्तिपुर मैदानमा पपुवा न्युगिनी विरुद्धको टि–२० खेलबाट डेब्यु गर्दे अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेका थिए । 

टि–२० अन्तर्राष्ट्रियमा उनले अन्तिम खेल केन्यासंग अगस्ट ३० सन् २०२२ मा खलेका थिए । यस्तै, एकदिवसीय क्रिकेटमा उनले सोहित बर्ष जुन ११ मा अमेरिका संगको खेलमा डेब्यु गरेका उनले अन्तिम खेलका रुपमा सोहि बर्ष नामिवियासंग जुलाई १६ मा खेलेका थिए । निलम्बनबाट फुकुबामा परेका अदिल पुनः राष्ट्रिय टोलीमा कमब्याक गर्ने धुनमा छन् । यतिबेला उनी क्यानको क्लोज क्याम्पमा छन् । 

आदिल आलमको क्रिकेट रेकर्ड कस्तो ?

fff-1754880342.JPG
 

अक्सन स्टार युवराज खत्री

एनपीएलमा अक्सन स्टार बनेका अर्का युवा खेलाडी हुन्, युवराज खत्री । अछाम स्थायी घर भएका युवराज दायाँहाते स्पिनर हुन् । १९ बर्ष मुनीको राष्ट्रिय टोलीबाट खेल्दा सबैको नजरमा परेका उनी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा समेत छन् । १७ बर्षीय दायाँहाते युवास्टार लेगब्रके स्पीनर युवराज सुदुरपश्चिम प्रदेशको उमेर समुहबाट उदाएका खेलाडी हुन् । नेपाली क्रिकेटको भविष्यका रुपमा हेरिएका उनी समेत लक्की ड्र बाट कर्णाली याक्समा अनुबन्ध भएका हुन् । 

बी क्याटागोरीका युवराजलाई विराटनगर, लुम्बिनी, सुदूरपश्चिम, चितवन र अधिकत्तम १० लाखसम्म विड गरेपछि कर्णाली लक्की ड्र मा भाग्यमानी सावित भयो । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले युवराज आफ्नो भाग्यमा नपर्दा मन खिन्न भएको बताउँदै उनलाई नेपाली क्रिकेटको भविष्यका रुपमा चित्रण गरेका छन् । 

मध्यम बर्गीय परिवारमा जन्मीएका युवराजको असली परिक्षा एनपीएल सिजन २ बाट हुनेछ । तर कम उमेरमै क्रिकेटका माध्यमबाट लखपति बनेका युवराज युवाका प्रेरणाका स्रोत बनेका छन् । 


अर्जुन, देव र पवन माथि १५ लाख : अन्य चर्चित खेलाडी निराश 

एनपीएल विशुद्ध क्रिकेटको महाकुम्भ मेला हो । तर यसमा विजनेस प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । त्यस हिसाबले फ्रेन्जाइज टोलीले खेलाडीको अनुभव भन्दा पनि वर्तमानको खेल कौशलतालाई ध्यानमा राखेर खेलाडी अनुबन्ध गर्छन् । अदिल र युवराजसँगै एनपीएल अक्सनमा मालामाल हुने खेलाडीमा देव खनाल, अर्जुन साउँद र पवन सरार्फ पर्छन् । 

अधिकत्तम १५÷१५ लाखमा देव र अर्जुन चितवन पुग्दा पवन कर्णाली पुगे । समान १० लाखमा सुर्य तामाङ जनकपुर, सन्तोष यादव काठमाडौँ, दिलीप नाथ लुम्बिनी लायन्स, हेमन्त धामी सुदूरपश्चिम रोयल्समा पुग्दा मायान यादवलाई जनकपुरले आफ्नो पोल्टामा पार्याे । अर्काेतर्फ सिजन–२ नेपाली क्रिकेटका लेजेण्ड तथा अनुभवी खेलाडीका लागि निरासामय बन्यो । 

सन् २०१४ को टि–२० विश्वकप खेलेका शरद भेस्वाकर अनसोल्ड भए । अघिल्लो सिजन उनले चितवन राइनोजबाट खेलका थिए । भेस्वाकरसँगै अर्का अनुभवी खेलाडी प्रदिप ऐरी, पृथु बास्कोटासहितका केहि नाम चलेका नामुद खेलाडी फ्रेन्जाइज टोलीको रोजाइमा पर्न सकेनन् । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update