
काठमाडौं । आगामी भदौं १२ गते होटल मेरियटमा बिजनेस ब्लु प्रिन्ट नेपाल आयोजना हुने भएको छ । नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा सहित बिजनेस ब्लु प्रिन्ट नेपाल आयोजना हुन लागेको हो ।
व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्राण्ड निर्माण र आधुनिक व्यवसाय सञ्चालनका व्यवहारिक पक्षहरुमा जानाकारी गराउने उद्देश्य अनुसार भदौं १२ गते होटल मेरियटमा बिजनेश ब्लु प्रिन्ट नेपाल कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनी पनि सहभागि हुँदैछन् ।
२ सय जना मात्रै सहभागी गराईने कार्यक्रममा सहभागी हुनका लागि अगाडि नै दर्ता गर्नु पर्छ । त्यसका लागि इसेवाको प्रयोग गर्न सकिने आयोजक जीनियस टक्सले जनाएको छ ।
कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरुलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल लगायतको बारेमा जानकारी दिइने छ । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट रहेको छ ।