News 24 Television
४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको वादोरियो कराते टोली स्वदेश फिर्ता

काठमाडौँ । श्रीलंकाको रतनपुरामा भएको पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमवार स्वदेश फर्किएको छ ।

अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक तथा ४० केजीमुनि आरोन शेरचनले रजत पदक जित्न सफल भएका थिए ।

17dc2693-bc40-4863-8c0e-a9debdf94432-1754921938.jpg
टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् ।

टोलीलाई संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिमिल्सिना, अभिभावक लगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update