News 24 Television
प्रीति राईको कदम विश्व फुटबलमा ! नेपालकी फुटबलर तीव्र गतिमा चम्किँदै !

काठमाडौं । एकसाता अघि नेपाली महिला फुटबलको फिफा वरीयतामा १३ स्थान सुधार भयो । एक सयौँ स्थानबाट ८७औँ स्थानमा पुग्दा नेपाली समर्थक खुशीले नाचेका थिए । महिला टोलीको वरीयता सुधारको खबर खेलाउन नपाउँदै चर्चित मिडफिल्डर प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्धले खुशी थपेको छ । प्रीतिको यस सफलताले नेपाली फुटबलको गिर्नै लागेको साख जोगाउन मद्दत पुग्ने देखिन्छ । 

प्रीति राई, नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर । यिनै प्रीतिको एक कदम उकालो यात्राले नेपाललाई नै पु¥याउँदैछ शीखर ! हो, सफलताको गतिमा तीव्र दौडमा रहेकी प्रीतिले नेपालको फुटबल क्षेत्रलाई नै विश्वमा थप परिचित बनाउँदै छिन् ।

राष्ट्रिय टोलीकी महत्वपुर्ण सदस्य रहेकी प्रीतिले क्लबसँग सम्झौता गरेको तस्बिर सार्वजनिक गरेकी छन्, जो नेपाली फुटबल जगतका लागि बलियो सफलता हो । हुनत, प्रीति मात्रै होइन, सीमित स्रोतसाधनका बावजुद पनि प्रीतिसहित नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा छलाङ मारिरहेका छन् । तर, अहिले चर्चा चलेको छ, प्रीति कै । 

नेपाली खेलकुदमा पुरुषतर्फ क्रिकेट र महिलातर्फ फुटबलमा निकै चाम छ । यी दुई विद्याका खेल हुँदा नेपाली खेलकुद समर्थक अतिआवश्यक काम बाहेक सबै भुल्छन् । पछिल्ला वर्षहरुमा पुरुष क्रिकेट र महिला फुटबलले प्रशंशा गर्न लायक नतिजा निकालेका पनि छन् । 

विश्वकपमा क्रिकेट र वरीयतामा इतिहास रच्ने फुटबल

-    सन् २०२४ मा १० वर्ष पछि नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्यो । 

-  एकसाता अघि फिफाले सार्वजनिक गरेको फुटबल वरीयतामा नेपाली महिला टोली १३ स्थान सुधारका साथ ८७ औँ स्थान कायम गर्दै इतिहास रच्न सफल भयो । 

-    सीमित स्रोत–साधनका बीच पनि अन्तर्राष्ट्रिय फुटबलमा नै जम्ने सफलतामा अब्बल बन्दैछन्, नेपाली महिला फुटबलर 

अहिलेलाई चर्चा गरौं प्रीती राईको 

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी प्रीति राईले जोर्डनको भूमिमा चन्द्रसुर्य अंकित झण्डा गाडेकी छिन् । अर्थात्, उनको व्यवसायीक फुटबल करियरमा नयाँ इटा थपीएको छ । त्यो के भने उनी जोर्डनको अल इतिहाद फुटबल क्लवमा महिला प्रो लिग सन् २०२५÷२६ का लागि आवद्ध भएकि छिन् । 

उत्कृष्ट मिडफिल्डर प्रीतिले सोमबार सामाजिक संजाल फेसबुक मार्फत इतिहादमा अनुबन्ध भएको जानकारी दिएपछि यो खबरले अहिले खेलक्षेत्रमा खुशी छाएको छ । पोष्टमा उनले नयाँ यात्रा शुभारम्भ भनेर भनेकी छिन् ।

इतिहादले सन् २०२३ र ०२४ मा लगातार लिग जितेको थियो । इतिहादको नयाँ सिजनको पहिलो खेल अगस्ट २३ मा रहेको छ । सेलिबे्रटी फुटबलरका रुपमा परिचित प्रीतिले जोर्डन फुटबलमा पाइला चालेसंगै नेपाली समर्थकमाझ खुसियाली छाएको हो । 

सानै उमेरमा घरेलु फुटबल क्वल एपीएफ क्लबबाट करिअर सुरु गरेकी उनी सन् २०२३ मा भारतको किकस्टार्ट एफसीबाट खेलेर अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेकी थिइन् । प्रीतिले १६ बर्षकै उमेरमा सन् २०२१ मा बंगलादेश विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थीइन् । डेब्यू खेलमै शानदार गोल गर्दै उनी ‘प्लेयर अफ द म्याच’ समेत बन्न सफल भएकी थिइन् । फुलबलमा योगदान पुर्याएबाफत उनी वर्ष खेलाडी २०८१ अवार्ड सहितका सम्मान समेत पाइसकेकी प्रीतीको फुटबल करियरीमा नयाँ अध्याय सुरु भएको छ । जोर्डनमा उनी कत्तिको जम्छिन त्यो समयक्रम अनुसार पुष्टि हुँदै जानेछ । तर उनको फुटबल छलाङले नेपाली खेलकुद समर्थक गौरवान्वित भएका छन् । 

प्रीतिसँगै अन्य फुटबलर पनि विदेशमा चम्किदै 

सावित्रा भण्डारी (साम्बा)

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोल मेसिन सावित्रा भण्डारी साम्बा भारत हुँदै युरोपमा समेत जमिसकेकी खेलाडी हुन् । पछिल्लो पटक स्टार फरवार्ड ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भइसकेकी छिन् । युरोपमा फुटबल खेल्ने पहिलो खेलाडी बनेकी साम्बाले सन् २०२५–२६ सिजनका लागि अष्ट्रेलियाको ए लिग खेल्ने क्लब वेलिंगटनमा अनुबन्ध भएकी हुन् । 

वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । अष्टे«लिया जानुअघि साम्बाले फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेकी थिएन् । यसअघि उनले इजरायलको हापोएल रानानबाट समेत खेलेकी थिइन् । दक्षिण एसियाकै उत्कृष्ट खेलाडी साम्बाले भारत र माल्दिभ्समा समेत व्यावसायीक खेल खेलिसकेकी छिन् । साम्बाको सम्मानमा जन्मस्थान लमजुङमा साम्बा चोक समेत स्थापना गरिएको छ । 

रेखा पौडेल

महिला राष्ट्रिय फुटबल टोलीकी अर्की स्ट्राइगर रेखा पौडेल विदेशी लिग खेलिरहेकी छिन् । युएईको महिला लिग खेलिरहेकी रेखा आवुधावी कन्ट्री क्लवबाट व्यवसायीक फुटबल खेलिरहेकी हुन् । रेखा सम्मिलित कन्ट्री सन् २०२४\२५ को महिला लिग च्याम्पियन समेत बनेको टोली हो । यएईको व्यवसायीक फुटबलमा कदम राखेकी रेखाले आफ्नौ खेल कौशलता प्रभाव जमाइरहेकी छिन् । 

एञ्जिला तुम्बापो सुब्बा 

झण्डै चार बर्ष नेपाली महिला टोलीको कप्तानी सम्हालेकी गोकिपर एञ्जिला तुम्बापो सुब्बाले समेत युरोपीयन फुटबलमा पाइला टेकिसकेकी छन् । ग्रिसको निस अट्रोमिटोउ क्लवबाट फुटबल खेलिरहेकी एञ्जिला युरोपमा फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । सावित्रा भण्डारी साम्बाले युरोपमा पहिलो पाइला टेकेकि थिइन् । सामान्य घरपरिवार हुँदै राष्ट्रिय टोलीको कप्तानी बन्न उनलको एञ्जिलाले भोग्नु परेको दुख, कष्ट, वेदना, संघर्ष र सफला बारे एञ्जिला मुभि समेत बनिसकेको छ । 

अन्तर्राष्ट्रिय फुटबलमा महिला टोलीको लोभलाग्दो सहभागिता नेपाली फुटबलका लागि फाइदाको विषय बनेको छ । तर, स्वदेशमा भने फुटबलका गतिविधि ठप्प प्राय छन् । यसले अन्य खेलाडीको जिविकोपार्जनमा समस्या पुग्दै आएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मूकदर्शक जस्तै बनेको छ । न ए डिभिजन लिगमा ध्यान छ न अन्य कुनै फुटबल गतिविधिमा । बरु, महिला फुटबलरको सफतालाई आफुहरुको  प्रयासको फल हो भनि जस लिनमै मस्त छ । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update