News 24 Television
भारतको स्वतन्त्रता दिवस : मोदीले गरे ऐतिहासिक उद्घोष, भव्यताका यस्ता झलक ! 

काठमाडौं । भारतले ७९ औं स्वतन्त्रता दिवस मनाएको छ । बेलायतबाट शासित बन्न पुगेको भारतले स्वतन्त्रता दिवस मनाउदै गर्दा अपरेशन सिन्दुर, जो पाकिस्तानविरुद्धको लडाईमा जारी गरिएको थियो, त्यसलाई समेत उच्च महत्व दिएको छ । स्वतन्त्रता दिवस मनाउदै भारतले आर्मनिर्भर भारतको नारा समेत जोडतोडले अघि सारेको छ । 

विश्व राजनीतिमा नाटकीय घटनाहरु देखिन थालेका छन् । जनसंख्याको हिसाबले विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक मानिने भारतले आफ्नो स्वतन्त्रता दिवसलाई भव्यतापूर्वक मनाउने, राष्ट्रको नाममा संकल्प गर्ने र राष्ट्रको स्वार्थलाई थप बलियो ढंगले जनतामा लैजाने अवसरको रुपमा समेत लिने गर्छ । 

यस्तै, भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १०३ मिनेट लामो भाषण गरेका छन् । मोदीले भारतको पक्षमा संकल्प गर्दै प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने संकल्प गरेका छन् भने २०४७ भित्र विकसित भारतको उद्घोष समेत गरेका छन् । 

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले १२ औं पटक सम्बोधन गरेका छन् । भारतको स्वतन्त्रतालाई ऐतिहासिक रुपमा मनाउदै आएको विषयलाई समेत उनले प्रष्ट पारेका हुन् । 

मोदीले १०३ मिनेट लामो भाषण गरेका छन् । जुन रेकर्ड अहिलेसम्मका प्रधानमन्त्रीले नबनाएको समेत भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर भारत’ र सन् २०४७ सम्म ‘विकसित भारत’ को दृष्टिकोण अघि सारेका छन् ।

के–के गरियो घोषणा ?

– देशभित्र रोजगारी प्रवद्र्धन गर्नका लागि ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ नामको नयाँ योजनाको शुरुवात 

– एक लाख करोड रुपैयाँ खर्च हुनेगरी बनाइएको रोजगार योजनामा निजी क्षेत्रमा पहिलो रोजगारी पाउने युवा युवतीलाई १५ हजार 
भारतीय रुपैयाँ दिने घोषणा 

– रोजगारी दिने कम्पनीहरुलाई पनि प्रोत्साहनस्वरुप सहयोग गरिने 

– प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने 

पाकिस्तान र अमेरिकाबारे के बोले मोदीले ?

१०३ मिनेटको ऐतिहासिक भाषणमा मोदीले पाकिस्तानविरुद्ध भारतले चालेको अपरेशन सिन्दुरको प्रसंसा गर्दै भारतले कहिले पनि नहार्ने र आणविक धम्कीबाट नडराउने चेतावनी समेत दिए । यता, मोदीले अमेरिकी नीतिको समेत कडा आलोचना गरेका छन् । 

देश आत्मनिर्भर बन्न केवल पैसा वा आयात–निर्यातमा सिमित नहुने दाबी गरेका उनले अब पनि अन्य देशहरूमा निर्भर रहनु ‘विनाशको बाटो भएको बताए । अमेरिका र अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पको नाम नलिइ मोदीले ५० प्रतिशत करको समेत खुलेर आलोचला गरे । ट्यारिफ वारबाट भारत नडराउने भन्दै मोदीले आफु पर्खाल बनेर उभिने र भारतीय किसानको हितको रक्षा गर्न जस्तोसुकै कदम चाल्न तयार रहेको दाबी गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update