News 24 Television
रोहित कप्तानीमाथि आशंका, दिपेन्द्रले डुबाए ! मल्लको फम, कहाँ–कहाँ चुक्यो नेपाल ? 

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोली लय विहीन देखिएको छ । निकै तामझाम सहित टी–२० विश्वकप छनोटको तयारी स्वरुप त्यहाँ पुगेको नेपाली टोली लय विहीन बनेको हो । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग १ सय ७७ रनको लक्ष्य पुरा गर्न नसकेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग १ सय ८६ रनको लक्ष्य चेस गर्न सकेन् । स्ट्राइकसँग ४२ रन र बंगलादेशस ए सँग ३२ रनको हारले घायल नेपाली टोली मािथ बाँकी चार खेल जित्नुपर्न चुनौती थपिएको छ । 

सोमबार विहान टप एण्ट टि–२० प्रतियोगितामा नेपाल मेलवर्न स्टार्ससंग भिड्दा जितको विकल्प हुनेछैन् । किनकी सुरुवाती दुई खेल हारको चोट भुलाउन पनि त्यो आवश्यक छ । टि–२० विश्वकप छनोट तयारी स्वरुप उक्त प्रतियोगिता खेलिरहेको नेपालको कमजोर सुरुवातले स्वयम खेलाडी र दर्शक निरास छन् । तर नेपाललाई त्यति सजिलो छैन् । यस्तोमा अष्ट्रेलियामा संघर्षरत नेपाली क्रिकेट टोली बारे चर्चा गरौँ ।

स्थानीय क्लव र ए टोलीसँग जित्न मुस्किल

११ टोली सहभागि टप एण्ड टि–२० प्रतियोगितामा अष्ट्रेलियाका स्थायीय क्लव र बंगलादेश ए सहित नेपालको सिनियर टोली सहभागि छन् । तुलनात्मक रुपमा नेपाल भन्दा अनुभवी खेलाडी ती टोलीमा भएपनि बलिया टोली भने होइनन् । तर नेपालले जित निकाल्न सकेन् । क्वल टोली संग समेत जित निकाल्ने नसक्नुले नेपाली टोलीको स्तर मापन गरको छ । 

चलेन ओपनर जोडी 

त्रिकेटमा ओपनिङ ब्याट्सम्यान जोडिको ठुलो भुमिका हुन्छ । ओपनर जोडीले राम्रो सुरुवात गर्दा खेलको मोमेन्टम बन्छ । यसले पछि आउन व्याट्म्यान विना दबाब रन बटुल्न सक्छन् । तर नेपाली टोलीका ओपनर कुशल भर्तेल र असिफ शेखले दुई खेलमा संयुक्त ५९ रन मात्रै जोड्न सके । भुर्तेल पहिलो खेलमा ८ र दोस्रो खेलमा १२ रनमा आउट भएका छन् । शेख पहिलो खेलमा ११ र दोस्रो खेलमा २८ रनमा आउट भएका छन् । 

लोकेश बम सुनौलो अवसर गुमाउँदै

लोकेश बमबाट नेपाली टोली र समर्थकले ठुलो अपेक्षा राखेका थिए । हङकङ सिक्सेसमा उनले गरेका छक्को बर्षाले सबैको मन जितेको पनि थिए । त्यसपछि क्यानको नजरमा रहेका लोकेशले सोचेजस्तो खेल्न सकेका छैनन् । तेस्रो नम्बरमा व्याटिङ गर्ने महप्वपुर्ण जिम्मेवारी पाएका लोकेश पहिलो खेलमा शुन्य रनमा आउट हुँदा दोस्रो खेलमा १५ रन जाड्न सके । उनले मौकाको फाइदा उठाउँनु नै उनका लागि फाइदा जनक देखिन्छ । 

चलेन अलराउन्डरको चादु

नेपाली टोलीमा अघिकांश खेलाडी अलराउन्डर भुमिकामा छन् । शुरुवाती तीन जना बाहेक डेठ बलिङसम्म पुग्दा अलराउन्डर छन् । नेपालले अलराउन्डर खेलाडीमै जोडबल पनि गरेको छ । तर यो प्रयोग सुपरफ्लव सावित भइरहेको छ । अलराउन्डरद्घय कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी, सोमपाल कामीले अनपेक्षित खेल पस्केका छन् । यो नेपाली टोलीको हारको प्रमुख कारण हो । पहिलो खेलमा २३ बनाएका कप्तान रोहित दोस्रो खेलमा १० रन मात्रै जोड्न सफल भए । 

दिपेन्द्रले पारे निराश  

नेपाली त्रिकेट समर्थकले अलराउन्डर दिपेन्द्र सिंह ऐरीदलाई सम्मानका साथ टाइगर भनेर प्रशंशा गर्छन् । तर पछिल्ला खेलमा उनको फितलो प्रदर्शनले आलोचनाको तारोमा परेका छन् । मंगोलियासंग ६ बलमा ६ छक्का प्रहार गरेर विश्व रेकर्ड राखेका दिपेन्द्र अष्ट्रेलिया फ्लव सावित भइरहेका छन् । 

दिपेन्द्रले सुरुवाती दुई खेलमा पहिला खेलमा १९ रन दोस्रो खेलमा एक रन मात्रै बनाउनँदा दुई खेलमा जम्मा २० रन जोडेको छन् । आशाको केन्द्रमा रहेका दिपेन्द्र फममा नहुँनु अर्काे हारको प्रमुख कारण हो । दिपेन्द्रको न बलिङ चलेको छ न त व्याटिङ । 

कुशल मल्लको लय 

तीन महिन अघि नेपाली टोली स्कटल्याण्ड भ्रमणका बेला क्लोज क्याप्पबाटै बाहिरिएका हार्डहिटर अलराउन्डर कुशल मल्ल उत्कृष्ट फममा देखिएका छन् । कुशलले पहिलो खेलमा ३४ रन जोड्दा दोस्रो खेलमा नटआउट ५९ रन जोड्न सफल हुँदा दुई खेलमा नेपाली टोलीबाट सर्वाधिक ९३ रन बनाउन सफल भएका छन् । अघिल्लो पटक राष्ट्रिय टोलीबाट ब्रेकमा परेको कुशलले सुरुवाति खेलबाट जवाफ दिएका छन् । 

बलरले रन रोकेनन्

नेपाली टोलिका भरपर्दा बलर सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामीले बलिङ कमाल गर्न सकिरहेका छैनन् । जुन हारको अर्काे कारण हो । 

–दुई खेलमा समान चार–चार ओभर बलिङ गरेका लामिछाने चार विकेट लिँदा ५९ रन खर्चिएका छन् । 

–एक खेल खेलेका करणले चार ओभर बलिङ गर्दै ४६ रन खर्चिएर एक विकेट लिएका छन् । 

–एक खेल खेलेका नन्दनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिएर एक विकेट लिएका   छन् । 

–एक खेल खेलेका रिजनले तीन ओभर बलिङ गर्दै ३४ र खर्चिएर २ विकेट लिएका छन् । 

–एक खेल खेलेका सोमपालले एक ओभर बलिङ गर्दै १५ रन खर्चिएपछि उनलाई ब्रेक दिइयो । 

अंक तालिकाको पुछार नजिक

११ टोली सहभागि टप एण्ड टि–२० सिरिजमा नेपाल अंकतालिकाको पुछार भन्दा एक स्थान माथि १० औँ स्थानमा छ । तालिकाको शिर्ष स्थानमा नेटरनरेटका आधारमा मेलबर्न रेनेगेड्स एकेडेमी छ । 

च्याम्पियन नै बन्ने लक्ष्य बोकेको नेपाललाई सुरुवाती खेलमा ढुंगा लागको हो । यसले नेपाली टोली प्रतियोगिताको उपाधी चुम्ने पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले अव चार खेल खेल्न बाँकी छ । नेपालले मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तानको ‘ए टिम सँग प्रतिस्पर्धा गर्न बाँकी छ । सोमबार विहान नेपालले मेलबर्न स्टार्ससंग तेस्रो खेल खेल्नेछ । 

कप्तान र प्रशिक्षकको राणनीति फेल

क्रिकेटमा कप्तान र मुख्यप्रशिक्षकको रणनीति महत्वपुर्ण मानिन्छ । टप एण्ड टि–२० सिरिजमा कप्तान रोहित र मुख्यप्रशिक्षक स्टुआर्ट ल को रणनीति फेल खाइरहेको छ । यसमा तत्कालै सुधार नगरे नजिता आफ्नो पक्षमा पर्न मुस्किल हुनेछ । विशेषगरी रोहितले मैदानमा अलराउन्डरलाई बडि प्रयोग परेको देखिन्छ । अलराउन्डरको भरमा कप्तान रोहित देखिदा टोलीको सन्तुलन कायम भएको देखिदैन् । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update