
काठमाडौं । भेनेजुएलिएन आमाहरूले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग हार्दिक अमेरिकी आप्रवासी नीतिका कारण परिवारबाट अलग भएका बालबालिकाको पक्षमा उभिन अनुरोध गरेका छन् ।
एक वक्तव्य जारी गर्दै भेनेजुएलिएन आमाहरूले आफ्ना बालबालिकाबाट आफूलाई जबर्जस्ती अलग गरिएको पीडा व्यक्त गर्दै आफ्ना बालबालिका कठिन परिस्थित्मा रहेको दाबी गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “सम्पूर्ण परिवारहरू भत्किएका छन् र साना बच्चाहरूलाई अनिश्चितता र बुझ्न नसकिने परिस्थितिमा छाडिएको छ।”
पीडामा रहेका ती आमाहरुले प्रश्न गरेका छन, “के तपाईं एक मिनेट पनि शान्त हुन सक्नुहुन्छ आफ्नो बच्चा कहाँ छ भन्ने नजानिकन शान्त निद्रामा सुत्न सक्नुहुन्छ ? उनीहरूले खाए कि खाएनन्, कस्तो अवस्थामा छन् भन्ने थाहा नपाई बस्न सक्नुहुन्छ ? हामी उनीहरुको वास्तविक अवस्था थाहा पाउन चाहन्छौं ।”
मातृत्व प्रेम, पारिवारिक एकता र मानवअधिकारको बारेमा पीडित आमाहरुले बालबालिका कहिल्यै राजनीतिक विवादको शिकार हुन नहुनेमा पनि जोड दिएका छन् ।
“बालबालिकाहरूलाई प्रेममा हुर्कन पाउने अधिकारबाट वञ्चित गरिँदैछ। बालबालिकाका अधिकार कुनै पनि राजनीतिक निर्णयभन्दा माथि छन्,” उनीहरूले उनीहरुले भनेका छन् ।
अेमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेख्दै उनीहरुले आफ्ना बालबालिकाको नाम र उमेरसहितको विवरण दिदै भनेका छन, “श्रीमती मेलानिया, तपाईं पनि आमा हुनुहुन्छ । हामी तपाईंलाई, आमाको रूपमा, आवाज उठाउन, हाम्रा बच्चाहरू घर फर्काउन मद्दत गर्न, न्याय र मानवताका पुल बन्न आग्रह गर्दछौं।”
भेनेजुएलाका आमाहरूले आमाहरूलाई आफ्ना बच्चासँगै निष्कासन गरिनुपर्ने र परिवार अलग गरिनु नहुनेमा जोड दिएका छन् ।
“हामी विश्वास गर्छौं तपाईं अझै प्रभाव पार्न सक्नुहुन्छ, दुःखको अन्त्य सिर्जना गर्न र हाम्रा बालबालिकाको पीडा रोकिन सहयोग गर्दै हाम्रा बच्चाहरूलाई मुक्त गर्नुहोस्।” आमाहरुले भनेका छन् ।
अमेरिकामा पछिल्लो समय ट्रम्प प्रशासनले आप्रवासन नीतिमा नयाँ कदम चालिरहेको छ । जसमा आमाहरुले यस्तो अपिल गर्न पुगेको बताइन्छ । ट्रम्प पत्नी मेलानिया बालबालिकाको क्षेत्रमा समेत सक्रिय वकालत गर्ने गर्छिन । केहिदिन पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत युद्धले बालबालिकामा पारेको प्रभावबारे एक पत्र पठाएकी थिइन ।