
काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरुमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताए ।
बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत उनले बताए । त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।
सभापति चालिसेले भने–‘यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि । कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइदिनुपर्छ । उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बद्मासी गरेको छ भने सम्पती रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?’
बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रश्तुत गर्नेछन् ।