News 24 Television
क्रिकेटमा के हुँदैछ यस्तो ? दिपेन्द्रको कप्तानी : सन्दीप, रोहित र आसिफलाई ब्रेक किन ? 

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य हो, टी–२० विश्वकप खेल्ने । नेपालले एसीया क्षेत्र छनोट अन्तर्गत आगामी अक्टोबरमा ओमानमा हुने टी–२० मा नजर रोखेको छ । नेपाल यतिबेला अष्ट्रेलियामा टप एण्ड टी–२० सिरिज खेलिरहेको  पनि छ । सुरुवाती तीन खेलमा पूर्णरुपमा फ्लप बनेको नेपाली टोली पछिल्ला दुई खेलमा जित दर्ता गर्दै लयमा देखिएको छ । तरपनि, नेपालको प्रदर्शनमा आलोचनाका थुप्रै ठाउँ देखिएका छन् । 

क्रिकेट नेपाली खेल जगतमा आशाको शीर्ष स्थानमा रहेको खेल हो । त्यसैले पनि क्रिकेटसम्बन्धि सबै गतिविधि प्राय नेपालीको नजरमा हुन्छन् । क्रिकेटरले कहाँ के गल्ति गर्दैछन् ? व्यवस्थापन कहाँ चुक्यो ? सरकारले क्रिकेटमाथि के कस्ता कदम चाल्दैछ ? यि सबैको वाचडग नै बनिरहेका देखिन्छन् नेपाली क्रिकेट प्रेमी । अब टी–२० विश्वकप खेल्ने, अहिले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य हो । नेपालले एसीया क्षेत्र छनोट अन्तर्गत आगामी अक्टोबरमा ओमानमा हुने टी–२० मा नजर रोखेको छ । यि सबै हुँदैगर्दा हाल नेपालले अष्ट्रेलियामा टप एण्ड टी–२० सिरिज खेलिरहेको पनि छ । 

बुधबार सम्पन्न पाँचौ खेलमा नेपालले ३३ रनको जित निकाल्दा मेलबर्न रेनेगेड्स एकेडेमी आघात बन्यो । अनुभवी बलर सोमपाल कामीको जादुमा नेपाल टप एण्ड टि–२० प्रतियोगितामा दोस्रो जित निकाल्न सफल भयो । १ सय ४० रनको मध्यम लक्ष्य पन्छाएको मेलबर्न रेनेगेड्स एकेडेमी निर्धारित २० ओभरमा १०६ रनमा समेटियो । 

नेपाललाई जित दिलाउन नायकी भुमिका खेलका सोमपाल एक्लैले ५ विकेट लिन सफल भए । उनकै प्रेरणादायी प्रदर्शनमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । यो संगै नेपाली टोली लयमा फर्किएको छ । तरपनि, नेपालको प्रदर्शनमा थुप्रै कमजोरी रहेको देखियो । प्रदर्शनमा आलोचना गर्ने प्रशस्त ठाँउ छन् । पछिल्ला दुई खेलको जितले खुसि दिएपनि अघिल्ला तीन हार र खेलाडीको प्रर्दशन भने प्रशंशा गर्न लायक देखिदैन् । तर जितले मिठास भर्छ नै । 

नेपाली टोलीबारे केहि सकरात्मक र आलोचनात्मक पक्ष 

रोहित फेल हुँदा दिपेन्द्रको कप्तानी 

नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको खेलमा नेपाल जित निकाल्न सफल भयो । उपकप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी जिम्मेवारी सम्हाल्न पुगे । दिपेन्द्रको कप्तानीमा प्लेइङ–११ मा ब्यापक परिर्वतन समेत भयो । 

कम उमेरमै राष्ट्रिय टोलीको कप्तानी सम्हालिरहेका रोहितले पछिल्लो खेलहरुमा उनको रणनीति फेल भए । साथै उनको व्यक्तिगत प्रदर्शन पनि सम्झिन लायक बनेन । चार खेलमा उनले ७५ रन बनाउँदा २ विकेट मात्रै लिन पुगेका छन् । 

सन्दीप र आसिफलाई विश्राम

सन्दीप लामिछाने नेपाली टोलीका विकेट टेकर बलर हुन् । उनले चार खेलमा ८ विकेट समेत लिइसेका छन् । तर उनलाई पाँचौ खेलमा विश्राम दिइयो । यो निर्णयबाट उनका समर्थक चकित परेका छन् । प्रत्येक खेलमा विकेट लिइरहेका सन्दीपलाई ब्रेक दिइएको हो । ओपनर आसिफ शेखले समेत कुशल संग राम्रो साझेदारी गर्दैै आइरहेका थिए । 

चार खेलमा उनले १२१ रन जाडेका छन् । तर उनलाई समेत विश्राम दिइयो । असिफको स्थानमा मध्यक्रमका व्याट्म्यान भिम सार्कीलाई ओपनरका रुपमा प्रयोग गरिएको हो । तर यो रणनीतिमा सार्की जम्न सकेनन् । 

धैर्यता गुमाउँदै नेपाली खेलाडी

टप एण्ड टि–२० प्रतियोगितामा नेपाली खेलाडी धैर्य भएर खेल्न सकिरहेका छैनन् । सन्दीप, सोमपाल आरिफ र कुशल मल्ल, नन्दन यादव बाहेका खेलाडीले प्रशंशा गर्न लायक खेल पस्किएका छैनन् । 

उसो त उनीहरुको खेल समेत उच्च होइन् । आशा गरिएका व्याटर, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरीे जम्न सकिरहेका छैनन् । यसले पनि नेपाली टोलीलाई जित निकाल्न धौधौ भइरहेको छ । जितमा पकड जमाउन नेपाली खेलाडीले धैयता देखाउन जरुरी छ । 

प्रशिक्षक स्टुआर्ट ल को रणनीति बेग्लै

मुख्यप्रशिक्षक स्टुआर्ट ल ले नेपाली टोलीको जिम्मेवारी सम्हाल्दै गर्दा आक्रमक शैलीको खेलाडी मन पर्ने बताएका थिए । यतिबेला उनले खेलाडीलाई आक्रमक खेल्न निर्देशन दिएको हुनुपर्छ नेपाली खेलाडी चौका–छक्काकै बल गरेको देखिन्छ । 

जुन नेपाल हारको अर्काे मुख्य कारण हो । क्रिकेटमा एक रनको पनि ठुलो महत्व हुन्छ । नेपाली खेलाडी रन बटुल्ने भन्दा पनि बाउन्ड्रीकै लागि खेलेका छन् । यसमै नेपालको खेल फसेको छ । मुख्यप्रशिक्षक स्टुआर्टले यसमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । 

प्लेइङ–११ मा व्यापक परिर्वतन

मुख्यप्रशिक्षक ल ले प्लेइङ–११ लाई धेरै नै चलाई रहेको छन् । साथै व्याटरको खेल्ने स्थानलाई समेत परिवर्तन गराईरहेका छन् । जस्तो की लोकेश बमलाई सुरुवाती खेलमा तेस्रो नम्बरको व्याटरका रुपमा स्थान दिइयो । 

त्यसपछि उनी चल्न सकेनन् । पछिल्लो खेलमा लोकेशले मध्यक्रममा व्याटिङ गरिरहेका छन् । जहाँ उनी आक्रमक खेल पस्किरहेका छन् । अर्काेतर्फ भिम सार्कीलाई मध्यक्रमका भरपर्दा ब्याटरका रुपमा बर्णन गरिन्छ तर मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा उनी ओपनरको रुपमा देखिए । यसरी खेलाडीलाई तलमाथि तन्काएर खेलाउदा पनि टोलीको सन्तुलन विग्रेको देखिन्छ । 

पाँच खेलमा तीन हार, दुई जित 

नेपालले टप एण्ड टि–२० सिरिजमा ६ खेल खेल्ने हो । पाँच खेल सकिदा एक खेल खेल्न बाँकी छ । नेपालले अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिनसंग खेल्नेछ । 

यसअघिका चार खेलको नतिजा 

पहिलो खेलः         
  
–    नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनको हार

–    नर्दनले ८ विकेट गुमाएर १७७ रनको लक्ष्य दिएको 

–    नेपाल ८ विकेट गुमाएर १३५ मा समेटिएको 

दोस्रो खेलः

–    बंगलादेश ए सँग ३२ रनको हार 

–    बंगलादेशले ६ विकेट गुमाएर १८६ रनको लक्ष्य दिएको 

–    नेपाली ७ विकेट गुमाएर १५४ रनमा समेटिएको 

तेस्रो खेल :

–    मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनको हार

–    मेलबर्नले ७ विकेट गुमाएर १७५ रनको लक्ष्य दिएको 

–    नेपाल ७ विकेट गुमाएर १४४ रनमा समेटिएको 

चौथो खेल :

–    होबार्ट हरिकेन्स एकेडेमीसँग ६६ रनको जित

–    नेपालले सात विकेट गुमाएर नेपालले १८० रनको लक्ष्य दिएको

–    होवार्ट १६.१ बलमा ११४ रनमा अलआउट भएको 

यसरी हेर्दा च्याम्पियन बन्ने लक्ष्य सहित अष्ट्रेलिया पुगेको नेपाली टोली रित्तो हात घर फर्किने पक्का भएको हो । नेपाली टोलीको प्रदर्शन र रणनीतिमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । नभए तेस्रो पटक टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर हुनेमा आशंका उब्जिएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update