
काठमाडौँ । खाद्य सुरक्षा र खाद्यान्न भण्डारणमा कृयाशील राष्ट्रिय खाद्य बैंक लिमिटेडले सर्वसाधारणका लागि ३० करोड बराबरको प्रारम्भिक आइपिओ निश्कासन गर्ने भएको छ ।
खाद्य बैंकको आइपियो निश्कासनको लागि ग्लोवल आईएमई क्यापिटल लिमिडेड र बैंक बीच दु्ई पक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार राष्ट्रिय खाद्य वैकको प्रधान कार्यालय कोटेश्वरमा दुई पक्षका अधिकारीहरु बीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा राष्ट्रिय खाद्य र्बैक संस्थापक अध्यक्ष शंकरनाथ उप्रेती र कम्पनी सचिव डा जीवनाथ धिताल तथा ग्लोवल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बैकका संस्थापक अध्यक्ष उप्रेतीले खाद्य बैकले मुलुकको खाद्यान्न सुरक्षा, बाली र भण्डारमा बैकले काम गर्दै आएको बताए । सर्वसाधरणको लगानीले बैकलाई थप सहयोग र बैकको सेवाम विस्तार हुने विश्वास गरेका छन् ।
आइपियो निश्कासनले जनस्तरमा विश्वास बढ्ने र बैकको भूमिका तथा सहयोग पुग्ने कम्पनीका सचिव डा धितालले बताएका छन्।