News 24 Television
एनपीएल सिजन–२ : धमाकेदार मुडमा पारस ! सोसल मिडियामा खैलाबैला ! कसले मार्ला बाजी ?

काठमाडौं । बहुप्रतिक्षित एनपीएल सिजन २ को काउनडानउ शुरु भएको छ । क्यान गरेको घोषणा अनुसार मंसिर १ गते देखि २७ गतेसम्म एनपीएल चल्नेछ । एनपीएलको घोषणाले नेपाली क्रिकेट प्रेमी माझ कौतुहलता दोब्बरले बढेको देखिन्छ ।

आठ फ्रेन्जाइज टोली मध्ये पोखरा एभेजन्र्सले तयारी शुरु गरेको छ । दोस्रो संस्करणको एनपीएलको कमाण्ड सचिव पारस खड्काले गर्नेछन् । 

नेपाली क्रिकेटको महाकुम्भ मेला नेपाल प्रीमियर लिग एनपीएल सिजन–२ को मिति तय भइसक्यो । २७ दिनसम्म चल्ने प्रतियोगिता मंसिर १ गते सुरु भएर २७ गते सकिदा आठ फेन्जाइज टोली च्याम्पियन बन्ने होडबाजीमा हुनेछन् । नेपाली समर्थकले एनपीएल प्रतियोगिता हेर्न क्यालेण्डटर पल्टाइसेका छन् । उपाधी उचाल्ने लक्ष्य सहित फेन्जाइज टोलीले तयारी सुरु गरिसके । तयारी तीब्र पार्ने पहिलो टोली हो, पोखरा एभेन्जर्स । 

पोखरा फुटबल रंगशालामा शुक्रबार इन्टे«न्थ क्याम्प सुरु गरेका तस्बिर सार्वजनिक गरेको छ । जहाँ आकाश चन्द, अर्जुन कुमाल सहित आधा दर्जन बढि खेलाडी सहभागि छन् । पोखराका कप्तान तथा मार्मी खेलाडी कुशल भुर्नेल भने यतिबेला अष्ट्रेलियामा टप एण्ड टि–२० प्रतियोगितामा बेस्त छन् । उनका सहकर्मीले भने तयारी सुरु गरिसकेका हुन् । 

एनपीएलको कमाण्डर पारस खड्का

पहिलो संस्करणको एनपीएल भब्य रुपमा सम्पन्न हुँदा विश्वको ध्यान खिचेको थियो । लेजेण्ड ब्रायल लारा, शिखर धवन देखि मार्टिल गप्टिलको आगमनले एनपीएल भब्य मात्रै बनेन ब्रान्ड नै बन्यो । त्यसयता एनपीएल बारे विश्व क्रिकेटको नजर परेको नर्कान सकिदैन् । सफल ब्रान्ड एनपीएललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रमुख श्रृय पुर्वकप्तान तथा क्यानका सचिव पारस खड्कालाई जान्छ । 

अध्यक्ष चुतुरबहादुर चन्दको मन जितेका पारसले एनपीएल प्रतियोगितको कमाण्ड सम्हालेका थिए । दोस्रो संस्करणको एनपीएलेको कमाण्डीङ समेत पारसले नै गर्ने भएका छन् । क्रिकेटमा लडिबुडि खेल्दै क्यानको बेवस्थापनमा पुगेका पारस दोस्रो संस्करणको एनपीएल भब्य हुनेमा आशावादी छन् ।  

रात्रिकालीन क्रिकेटको अपेक्षा होला त पुरा ? 

एनपीएल मिति तय भएपनि नेपाल क्रिकेट संघ क्यानले खेलतालिका सार्वजनिक गरेको छैन् । किनकी क्यानको योजना छ, टियु मैदानमा रात्रीकालिन एनपीएल खेलाउने । यतिबेला मैदानको निर्माण कार्य जारी छ । मैदानको स्त्तोरउन्नती गत बैशाख र असारमै सकिनु पर्ने थियो । तर निर्माण कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन् । 

१० हजार सिट क्षेमताको प्याराफिट निर्माण कार्य सम्पन्नको चरणमा पुगे पनि फ्लडलाइट निर्माण कार्यमा देखिएको ढिलाई क्यानको योजनामा बाधक बन्ने देखिन्छ । उसो त असोज अघि नै फ्लडलाइट निर्माण कार्य सम्पन्न गर्ने निमार्ण कम्पनीको दाबी छ । 

फ्लडलाईटमा देखिएको अन्योलताकै कारण क्यानले अहिलेलाई खेलतालिका सार्वजनिक नगरेको प्रष्ट हो । फ्डलाइट निर्माण सम्पन्नको ठेगान लाग्न साथ क्यानले तालिका सार्वजनिक गर्ने आशा गर्न सकिन्छ । क्यानले यसअघि नै नेपाली समर्थकलाई टियुमा रात्रिकालिन क्रिकेट खेलाउने बाचा गरिसकेको छ । त्यसैले क्यानले फ्लडलाइट जडानको गतिलाई हेरेर खेलतालिका सार्जजनिक गर्ने देखिन्छ । 

उपाधिमा आठ टोलीको नजर 

नेपाल प्रिमियर लिग एनपीएल आठ टोली सहभागि छन् । आसिफ शेख नेतृत्वको जनकपुर बोल्ट्स, दिपेन्द्रसिंह नेतृत्वको सुदुरपश्च्मि रोयल्स, सोमपाल कामी नेतृत्वको कर्णाली याक्स, कुशल मल्ल नेतृत्वको चितवन राइनोज, करण केसी नेतृत्वको काठमाडौँ गोर्खाज, रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स, कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स र सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स । 

पहिलो सिजनमा जनकपुर बोल्ट्स विजेता बनेको थियो भने उपविजेता सुदुरपश्चिम रोयल्र्स बनेको थियो । दोस्रो सिजनको च्याम्पियन बन्ने दाउमा सबै टोली मैदान उत्रिनेछन् । तर कसको भाग्य खुल्छ त्यो हेर्न भने मंसिर २७ पर्खिनु पर्नेछ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update