News 24 Television
राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । 

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । समिति सभापतिमा उहाँको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् ।

निःवर्तमान सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिए । रिक्त सभापतिका लागि नेपाली काँग्रेसले न्यौपानेलाई अघि सारेको थियो ।

न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । उनले सभमुखसँग शपथग्रहण गरेसँगै आजै कार्यभार सम्हालिसकेकी छन् । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update