News 24 Television
४ हजार घरपरिवार अन्धकारमा रहेको भन्दै 'बोलन्या थली'द्वारा लालटिन बालेर आन्दोलन

काठमाडौं । बोलन्या थलीले काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार लालटिन आन्दोलन गरेको छ । अछामका करिब ४ हजार घरपरिवार अझै पनि बिजुलीबिनै अन्धकारमा बस्न बाध्य भएपछि दिउँसो नै लालटिन बालेर प्रदर्शन गरिएको हो । 

आन्दोलनका संयोजक यादव जोशीका अनुसार तुर्माखाँद गाउँपालिकाको भुलु र रहफ, ढकारी गाउँपालिकाको बलाता, कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटाने क्षेत्रमा बसोबास गर्ने करिब ४ हजार परिवार अझै विद्युतको पहँचमा छैनन् । ‘नेपाल विद्युत प्राधिकरणले निरन्तर नाफा कमाइरहेको छ,’ उनले भने ‘तर, विडम्बना अछाम अँध्यारोमै छ ।’

laltin-2-1756543381.jpeg
डडेल्धुराको गन्यापधुरा–२ निवासी जोशी पश्चिम सेती जलविद्युत आयोजना निर्माण संघर्ष समितिका प्रमुख समेत हुन् । पश्चिम सेती अभियान, डोको अभियान, प्रधानमन्त्रीलाई एक लाख पत्र अभियान, बैल गाडा अभियान र जातीय विभेदविरुद्ध अभियान जोशी अफ्नो नेतृत्वमा सञ्चालन गरिसकेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update