News 24 Television
अष्टे«लिया भ्रमणबारे रोहितले खोले राज, नतिजामा भने चित्त दुखाई 

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । अष्ट्रेलियामा अभ्यास सकेर नेपाली टोली मंगलबार स्वदेश फर्किएको हो । टि–२० विश्वकप छनोट तयारी स्वरुप त्यहाँ पुगेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेन । तथापी तयारी भने भरपुर भएको खेलाडी र प्रशिक्षकले प्रतिक्रिया दिएका छन् । टोलीका महत्वपूर्ण सदस्य सन्दीप, दिपेन्द्र, करण र कुशल भने अष्टे«लियामै रहेका छन् । 

विश्व क्रिकेटको उर्वरभुमि अष्ट्रेलिया भ्रमण सकेर नेपाली क्रिकेट टोली मंगलबार स्वदेश फर्कियो । रोहित कुमार पौडेल नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा खेलाडी निरास मुद्रामा देखिन्थे । अष्टे«ेलिया भ्रमणमा सोचेजस्तो नजिता निकाल्न नसक्दाको असर खेलाडीको अनुहारमा प्रष्टै झल्किएको थियो । 

मुख्यप्रशिक्षक स्टुआर्ट ल, सन्दीप लामिछाने, दिपेन्द्रसिह ऐरी, कुशल भुर्तेल र करण केसी विना स्वदेश फकिएको टोलीलाई क्यानले खादामाला सहित स्वागत गर्न भने छुटाएन् । अष्टे«लिया भ्रमण बारे जानकारी दिन पत्रकार समक्ष प्रस्तुत भएका कप्तान रोहित त्यति खुसि देखिएनन् । यद्यपी अष्ट्रेलियामा धेरै कुराको सिकाई भएको कप्तान रोहित बताउँछन् ।  

नेपालले अष्ट्रेलियामा टप एण्ड टि–२० प्रतियोगिता र स्थानीय क्लवसंग पाँच खेलको टि–२० सिरिज खेलेको थियो । टप एण्ड टि–२० प्रतियोगितामा ६ खेलमा चार खेलमा हार र दुई खेलमा जितसहित प्रतियोगिताको पहिलो चरणबाटै नेपाल बाहिरिन पुग्यो । 

११ टोली सहभागि भएको प्रतियोगितामा नेपालले आठौँ स्थानमा चित्त बुझाउँदा त्यसपछि भएका पाँच अभ्यास खेलमा मध्यम नतिजा निकाल्न सफले भएको थियो । पाँच अभ्यास खेलमा ३ जित र २ हार व्यहोर्दा अन्तिम खेलमा कप्तान रोहित कुमार पौडेलको सतकीय जितबाहेक सम्झिन लायक प्रदर्शन देख्न पाइएन । 

किन फकिएनन् चार जना खेलाडी ? 

अष्ट्रेलिया भ्रमण सकिएपछि खेलाडीलाई दुई साता जति ब्रेक दिइएको छ । पछिल्लो तीन साता यता खेलाडी व्यस्त भएकाले त्यो सुविधा खेलाडीलाई छ । 

त्यहि सुविधाको सदुपयोग गर्दै सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, कुशल भर्तेल र करण केसी टोलीसंगै स्वदेश नफर्किएका हुन् । सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले व्यवसायीक र भेटघाटका कारण बाँकी खेलाडी अष्टे«लियमै रहेको बताएका छन् । यी चार जना खेलाडी स्वदेशी तथा विदेशी कम्पनीका ब्राण्ड एम्वेष्डर समेत हुन् । 

अव नेपाली क्रिकेट टोली वेष्टइन्डिज संगको तीन खेलको टि–२० सिरिजको तयारीमा जुट्नेछ । दुई पटकको टि–२० विश्वकप विजेता तथा टेस्ट राष्ट्र वेष्ट इन्डिजसंगको सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुँदैछ । तेस्रो मुलुकमा हुने सिरिजका खेल सेक्टम्बर २५, २७ र ३० मा हुनेछन् । 

त्यसपछि नेपाली क्रिकेट टोली अक्टोबर ८ देखि १७ सम्म ओमानको हुने एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगितमा ब्यस्त बन्नेछ । सन् २०१४ र २०२४ मा गरी दुई पटक टि–२० विश्वकप खेलिसकेको नेपाल तेस्रो पटक विश्वपक खेल्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update