
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफू राजनीतिमा शक्तिहीन भएको भन्दै दुखेसो पोखिरहेका छन् । हुनतः माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली लामो समयदेखि नै मुख्य राजनीतिक प्रतिस्पर्धीका रुपमा उभिएका छन् । तर यस्तैमा ओलीले चीन भ्रमणमा राष्ट्रियता र सीमाको सवालमा कडा राष्ट्रवाद प्रकट गर्दै वाहवाही पाउँदा प्रचण्ड भने आफूहरुको रापताप गुमेको भन्दै रोदन प्रकट गरिरहेका हुन् ।
मुख्यतः ओलीले कालापानी र लिपुलेकबारे चीनसँग स्पष्ट धारणा राखेका थिए । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण विषय हो । वर्षैदेखि नेपाली भू–भागमा हुँदै आएको हस्तक्षेप र अन्यायविरुद्ध बोल्न नेपाल बाध्य भएको अवस्था छ । यस्तै बेला प्रधानमन्त्री ओलीले नै चीनसामु कालापानी र लिपुलेक नेपालकै भएको भन्दै भारतसँग त्यो क्षेत्र भएर कुनै सम्झौता नगर्न चेतावनी दिए ।
यो अडानकै कारण अहिले ओलीलाई धेरैजसोले आँटी र निडर नेताको रुपमा दर्ज गराई रहेका छन् । ओलीले चीन भ्रमणका क्रममा सीसँग मात्रै होइन, उनले विश्वस्तरका नेताहरु नरेन्द्र मोदी तथा रुसी राष्ट्रपति भ्लादीमिर पुटिनसँग पनि ऐतिहासिक भेट गरेका छन् । ओलीले राष्ट्रपति पुटिनसामु दुई देशिय सहकार्यका र हितका विषयमा पनि सीधै कुराकानी गरे ।
तर ओलीको चीन भ्रमण र त्यहाँको उपस्थितिमा उनले वाहवाही पाउँदा विपक्षी दलका नेता प्रचण्ड भने नेपालमा आफ्नो लोकप्रियता गुमेकोमा कार्यकर्ताहरुसँग रोदन पोखिरहेका देखिएका हुन् । जसले पनि ओलीको वाहवाही हुँदा नै प्रचण्ड पीडामा रहेको संयोग दर्शाएको छ । ओली चीन भ्रमणमै रहेका बेला प्रचण्डले कार्यकर्ताले भनेका छन् , पहिलेको पो प्रचण्ड अहिलेको प्रचण्ड त के ?
हेर्दा यो संयोग मात्रै भए पनि राजनीतिक रुपमा प्रचण्डको यो रोदन यो अर्थपूर्ण देखिन्छ । यसअघि प्रधानमन्त्री रहेका बेला प्रचण्ड पनि चीन र भारत भ्रमणमा गएका थिए । तर, प्रचण्डले त्यो बेला चीन–भारत दुवैसामु सीमा र राष्ट्रियताका सवालमा स्पष्ट अडान राख्न नसकेको टिप्पपणी भएका थिए ।
प्रचण्ड र ओली कसरी प्रतिस्पर्धी ?
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज पनि राजनीतिक रुपमा उत्तिकै मूल प्रतिस्पर्धी हुन् । नेकपा एकताअघि देखि नै मुल प्रतिस्पर्धी रहेकामा ओली र प्रचण्ड पार्टी विभाजनपछि भने अझ प्रतिस्पर्धी बन्दै आएका छन् । नेकपा विभाजनपछि सत्ताका लागि एकअर्कामा छेकाछेक गर्दै आएका ओली–प्रचण्ड अहिले पनि सत्ता र प्रतिपक्षमा छन् ।
तत्कालीन नेकपा सरकार ढालेर नयाँ समीकरण बनाएका प्रचण्ड पछि ओलीकै सहयोगमा प्रधानमन्त्री बने । तर यही श्रृंखला अघि बढिरहँदा ओलीले प्रचण्ड नेतृत्वको सरकारको विकल्पा खोज्दै देउवासँगको समीकरण रोजे । र, ओली अहिले प्रधानमन्त्रीमै कायम छन् । उता प्रचण्ड भने अहिले प्रतिपक्षी कित्तामा छन् । यसै सिलसिलामा पनि प्रचण्ड भने आफ्नो शक्ति आर्जनका लागि कम्युनिष्ट दलहरुको एकता र ध्रुवीकरणकै प्रयासमा निरन्तर देखिएका छन् । प्रचण्डले भर्खरै पनि एमालेसँग विभाजित दल माधव नेपाल नेतृत्वको नेकपा एससँग एकताका लागि प्रयास गरिरहेका छन् अर्कोतर्फ उनी विप्वल नेतृत्वको नेकपा लगायतका दललाई पनि एकताको सुत्रमा बाँध्ने प्रयासमै देखिँदै आएका छन् । तर प्रचण्डको प्रयास अझै सफल हुनसक्ने अवस्था छैन ।
प्रचण्ड लामो युद्धको सामना गरेर आएको राजनीतक नेतृत्व हुन् । युद्धका क्रममा उनले कार्यकर्ता र नेताहरुको ठूलो पङ्तिभित्र रहेपनि नेतृत्व सम्हालेका थिए । तर शान्तिपूर्ण राजनीति र संसदीय अभ्यासपछिको लोमो समयसँग प्रचण्ड नेतृत्वको माओवादी क्षयीकरणको बाटोमा लाग्यो । र, हाल प्रचण्ड विगतको भन्दा शक्तिहीन हुँदै कमजोर पोजिशनमा पुगेका छन् । यही पीडालाई प्रचण्डले ओली चीन भ्रमणमा रहँदै गर्दा कार्यकर्तामाझ प्रकट गरेका देखिन्छ ।