News 24 Television
अवार्डको प्रतिस्पर्धामा उत्रिए खेलाडी, दीपेन्द्र ऐरीदेखि कुशलसम्म मनोनयन

काठमाडौं । पल्सर स्पोटर््स अवार्डअन्र्तगत वर्ष २०८१ को मनोनयन सार्वजनिक गरिएको छ । पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका लागि मनोनयन सार्वजनिक गरिएको  हो । अवार्डका लागि को–को भए त मनोनयन अनि कस्तो छ मनोनित खेलाडीको खेल  रेकर्ड ? 

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डअन्र्तगत वर्ष २०८१ को मनोनयन सार्वजनिक गरिएको छ । हरेक वर्ष हुने यस अवार्डका लागि पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरि चार विधाका आधारमा मनोनयन गरिन्छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिवार एक कार्यक्रम आयोजना गर्दै २२ औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, महिला, युवा र प्रशिक्षकमा समान पाँच उत्कृष्ट मनोनयन समावेश गरिएको छनोट समितिले जनाएको छ । 

को–को परे मनोनयनमा ?

-   वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द मनोनयनमा परे ।

-  महिलातर्पmको मनोनयनमा करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।

-  वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा समावेश गरिएको छ । 

-   वर्ष युवा खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । 

-    वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् । 
यसपल्ट अवार्ड काठमाडौं बाहिर पोखरामा आगामी भदौ २९ गते पोखरा इभेन्टस सेन्टरमा हुनेछ । सोही दिन नै चारै विधाको विजेता घोषणा गरिनेछ । 

यस संस्करणको पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस) छन् । 

उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ ।

स्पोट्र्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ । वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर मोटरबाइक पाउनेछन् । पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update