News 24 Television
एनपीएल रौनक, ट्रफीको यात्रा कोशी हुँदै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पु¥याउँदै ट्रफी टुरको शुरुवात गरेको हो  । 

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि दर्शकहरु प्रतिक्षामा छन् । प्रतियोगिताका लागि खेलाडी किनबेचदेखि आन्तरिक तयारीका विषय प्राय चर्चामा नै रहेका छन् । कहिले क्रिकेट स्टेडियमको विषयले चर्चा पाइरहेको छ त कहिले खेलाडीबारे । अहिले फेरि एनपीएलको ट्रफीको चर्चा चुलिएको छ । दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । अहिले यसै प्रतियोगिताको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु भएको छ । एनपिएलको ट्रफी टुर यो पहिलो पटक हो । 

ट्रफीलाई पूर्वबाट शुरुगरि सुदूरपश्चिमसम्म पु¥याइने छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गरिन लागिएको हो । 

दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । त्यसअघि विभिन्न ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गरिने भएको छ । शनिबारदेखि सुर भएको ट्रफी टुर आगामी कात्तिक २३ गतेसम्म हुने क्यानले जनाएको छ । क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले पूर्वको मेची देखि पश्चिमको महाकालीसम्म पुग्ने जानकारी दिएका छन् । 

कहाँ कहिले पुग्ने छ ट्रफी ?

-    कोशीपछि ट्रफी टुर जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश पुग्नेछ । जनकपुर पहिलो संस्करणको विजेता पनि हो । 

-    मधेश प्रदेशबाट ट्रफी चितवन पु¥याइने छ । चितवन राइनोजको शहर परिक्रमपछि ट्रफी काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

-  काठमाडौं गोर्खाजले विभिन्न ऐतिहासिक स्थलमा ट्रफी टुर गराउनेछ । 

-    त्यसपछि पोखरा र लुम्बिनी कर्णालीमा उक्त ट्रफी टुर विभिन्न कार्यक्रमसहित मनाइनेछ । 

-  अन्तिममा ट्रफी रोयल्सको प्रदेश सुदूरपश्चिम पु¥याइने छ ।

क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग एनपिएलको ट्रफीलाई जोडेको छ । उक्त ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको छ । कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरेका थिए । दोस्रो संस्करणको एनपिएलका लागि मिनी अक्सन पनि भइसकेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update