आजै ९ बजे शपथ ग्रहण गर्दै अन्तरिम प्रधानमन्त्री

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेसँगै तयारी तीव्र पारिएको छ । जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकार गठन हुन लागेको हो ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेर ९ बजे शपथ ग्रहण गराउने पक्का भएको हो । जेन–जीकै प्रतिनिधिको रुपमा अगाडि सारिएपछि कार्कीलाई पुराना राजनीतिक दलहरूले समेत समर्थन गरेका हुन् ।
त्यसअघि वर्तमान संसद विघटन गर्ने सहमति भएको छ । अन्तरिम सरकारमा आजै सम्भवतः ३ सदस्यीय मन्त्रिपमण्डल गठन हुन लागेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ २०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय