News 24 Television
आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू पक्राउ

जनकपुर । जेनजी आन्दोलनको क्रममा जनकपुरधामको विभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाटमा संलग्न रहेकाहरुलाई धनुषा प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाउने भएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते धनुषाको विभिन्न स्थानमा तोडफोड तथा आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले आन्दोलनको नाममा फरकफरक स्थानमा सरकारी सम्पति लुटपाटका साथै तोडफोड र आगजनीमा संलग्न रहेकाहरुमध्ये ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

उनका अनुसार मधेस लोकसेवा आयोगको कार्यालयमा तोडफोडका साथै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शहीदनगर नगरपालिका ३ का शिवम साह र जनकपुरधाम १३ का काले पटेल लगायत रहेका छन् । 

त्यस्तै बलवा प्रहरी चौकीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा निरज मिश्र र कृष्ण यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update