पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता

काठमाडौँ । सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उहाँलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ ।”
यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्, उनी पूर्व सूचना आयुक्तसमेत हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय