News 24 Television
उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेलाई कडा कारबाही गर्नुपर्छ : ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बुधवार अपरान्ह सञ्चारकर्मीमाझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो माग गरेका हुन् । उनले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पुर्याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराए ।

उनले भने, ‘आगामी दिनमा जुन सुरक्षा दिने कुराहरु छ । सरकारको तर्फबाट र आम पब्लिकको पर्सेप्शन पनि जुन यो सेक्युरिटी दिनेकुरा छ । त्यो एकदमै इम्पोटेन्ट छ । जबसम्म सेक्युरिटीको एस्योरेन्स हुँदैन, तवसम्म लगानीको सम्भावना छैन । त्यसैले अहिले भएको आगजनी तोडफोड जुन भएको छ । यसको निष्पक्ष ढंगले छानविन गरेर जुन इन्टेनसनली यी कामहरु भएको छ । उनीहरुलाई कारबाही गर्नु पर्छ भन्ने हाम्रो निजी क्षेत्रको रहेको छ । २०४६ यताका सबै प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’

 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update