
काठमाडौँ । जेन–जी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडमा विभिन्न दलका नेता तथा कार्यकर्तासमेत सामेल भएका तथ्य प्रमाणहरु फेला परिरहेका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोडमा आफ्ना नेता कार्यकर्ता संलग्न भएको तथ्य फेला परेमा कारवाही गर्ने भनेर निर्णय गरिसकेको छ । यो कदमस्वरुप रास्वपाले केही नेताहरुमाथि निलम्बनको कारवाही गरिसकेको छ ।
रास्वपाले बिहीबार मात्रै थप एक विज्ञप्ति जारी गर्दै आफूहरुको पार्टीका नाम लिएर आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै अवाञ्छित व्यक्ति र समूहले रास्वपा र सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन म्यासेज गरिरहेको जानकारी पार्टीमा आएको भन्दै यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो गतिविधिमा पार्टीको कुनै संलग्नता नरहेको दावी गर्दै रास्वपाले त्यस्ता गतिविधि गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।
विपिनको ‘बोल्ड’ निर्देशन
रास्वपाकै सहमहामन्त्री विपिन आचार्यले बोल्ड निर्देशन दिँदै यदी आन्दोलनको बेला आगजननी तथा तोडफोडमा संलग्न भएको भए पार्टी आपद्धता त्यागेर अनुसन्धान सघाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भदौँ २४ गते नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमासमेत रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्न सक्ने जनाएका छन् । तर रास्वपाको यो निर्णय र कदमपछि भने केही प्रश्नहरु पनि उठेका छन् ।
के रास्वपाले आगजनी, तोडफोड र अन्य आराजक गतिविधिधिमा संलग्न भएको प्रमाणित भएको अवस्थामा आफन नेता तथा कार्यकर्तालाई कानूनी कारवाही गर्ला ? यसमा पार्टींकै शीर्ष नेताहरुकै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको पाइएमा उसको रणनीति के होला ? भन्ने प्रश्न उठेका छन् । किनकी बाहिरी रुपमा रास्वपाका धेरै नेता कार्यकर्ता आन्दोलनका बेला उच्छृङ्कल गतिविधिमा संलग्न रहेको भन्न्ने चर्चा भइरहेका छन् ।
रविमै छ नैतिक प्रश्न
प्रदर्शनले उग्ररुप लिँदा रवि नै कारागारबाट निस्किएपछि रास्वपामाथि प्रश्न र आलोचना बर्सियो । रास्वपाले रविको सुरक्षाका लागि भनेर कारागारबाट निकालेर परिवारको जिम्मा लगाएको दावी गरिरहेको छ भने रवि स्वयमले भने कारागारबाटै कागज गरेर बाहिरिएको दावी गरेका थिए ।
तर राविले यस्तो दावी गरिरहेपनि उनको रिहाइका लागि रास्वपा नेता तथा कार्यकर्ताहरुले नै सक्दो बल गरेको देखिन्छ । रास्वपा कार्यकर्ता र नेताहरुले नै रविको रिहाइका लागि सार्वजनिक आह्वान देखि सामाजिक संजालमै अभियान चलाएको देखिन्छ । काराबार बाहिरिएपछि रविले गरेको सार्वजनिक सम्बोधन र उनको हर्कतकोसमेत अहिले आलोचना बढेको छ । उक्त आलोचनालाई नै लिएर रविले जेन–जी आन्दोलनपछि पनि आफूविरुद्धको अन्याय नटरेको गुनासो गरेका थिए ।
रविमाथिको सहकारी ठगी प्रकराणका कारण रास्वपा र तत्कालीन सरकारबीच तालमेल मिलेको थिएन । जसका कारण पनि एमाले–काँग्रेस र रास्वपाबीचको सम्बन्धमा दरारता पैदा भइरहेका छन् । यस्तैमा भएको जे–नजी आन्दोलनका क्रममा रास्वपा कार्यकर्ताहरु पनि विभिन्न आगजनी तथा तोडफोडमा संलग्न रहेको भनेर आरोप लागिरहेका छन् । यसै कारण पनि रास्वपामाथि जनआक्रोश र अविश्वास बढिरहेका छन् । यसैबाट सृजित विवादपछि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरिन् ।
यहीबीच रास्वपाले आन्दोलनका क्रममा उच्छृङ्कल र अपराधिक कार्यमा संलग्न भएकाहरुलाई कारवाही गर्ने भनेर सूचना जारी गरेको छ । तर रास्वपाले पार्टीका नेता तथा कार्यकर्ता संलग्न भएको पुष्टि भएपमा पनि कारवाही गर्ला भन्नेमा भने अझै शंका नै देखिन्छ । कतिपयले रास्वपाको यो कदमलाई जेन–जी आन्दोलनपछि पार्टीप्रति वितृष्णा पैदा भएकाले त्यस्लाई रोक्नका लागि मात्रै यस्तो अभियान चालिएको भनेर टिप्पणी गर्न थालिसकेका छन् ।