News 24 Television
वेष्टइन्डिजसँग खेल्ने टोलीको विदाई, पारसले गरे ठुलो घोषणा !

काठमाडौं । वेष्टइन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले कीर्तिपुरस्थित टीयु मैदानमा एक कार्यक्रमको आयोजना गरि विहिबार विदाई गरेको हो । नेपालले बलियो टोली वेष्टइन्डिजसँग सेक्टेम्बर २७, २९ र ३० तीन खेल खेल्नेछ । 

नेपाल क्रिकेट संघ क्यानले टोलीको विदाईसँगै भदौँ २३ र २४ को जेनजी मुभमेन्टमा ज्यान गुमाएको प्रति श्रद्धाञ्जली तथा दिप प्रज्वलन समेत गरेको थियो ।

त्यसपछिको औपचारिक कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले मंसिर १ गते बाट सुरु हुने एनपीएल सिजन २ को पहिलो खेलको टिकटबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बचन दिएका छन् ।

क्यानले वेष्टइन्डिजसँगको खेलका लागि यसअघि नै १६ सदस्यीय टोलीको घोषणा गरेको थियो । घोषित टोलीमा रोहितकुमार पौडेल कप्तानी भुमिकामा रहँदा उपकप्तानमा दिपेन्द्रसिंह ऐरी रहेका छन् । उता वेष्टइन्डिजले समेत अकिल होसेनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपालले वेष्टइन्डिज विरुद्ध सेक्टेम्बर २७, २९ र ३० गरी तीन खेलको टि–२० सिरिज खेल्न लागेको हो । 

यो सिरिज नेपालका लागि महत्वपुर्ण रहेको छ । किनभने नेपाल टि–२० कप छनोटमा होमिदैछ । आगामी अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटको तयारी स्वरुप नेपालले बलियो वेष्टइन्डिव विरुद्ध खेल्न लागेको हो । उक्त सिरिजलाई लिएर नेपाली क्रिकेट समर्थकमाझ कौतुहलता जागेको छ । तेस्रो मुलुक संयुक्त अरव इमिरेट्स यूएईको सारझा क्रिकेट मैदानमा हुने सिरिजमा नेपालको असली परिक्षा हुनेछ । खेलाडी टोली बलियो बनेकाले नजिजा राम्रो आउने विश्वास लिएका छन् । 

मुख्यप्रशिक्षक स्टुआर्ट ल को नेतृत्वमा रहेको नेपालका लागि आदिल आलम र सन्दीप लामिछाने प्रमुख हतियार बन्ने देखिन्छ । उसो त टोलीमा समेटिएका सबै खेलाडीको उत्तिकै भुमिका रहनेछ । 

नेपाली टोलीमा हार्डहिटर अलाउन्डर आदिल आलमले तीन बर्ष पछि पुनरागमन गरेका  छन् । अघिल्लो महिना आसामको राज्य टोलीसंग उत्कृष्ट प्रर्दशन गरेर पुनः राष्ट्रिय टोलीको ढोका खोलेका आलम पुनरागमनलाई लिएर उत्साहित छन् । नेपाल र वेष्टइन्डिज ए विच यसअघि घरेलु मैदान किर्तिपुरमा पाँच खेलको टि–२० सिरिज भएको थियो ।

जसमा नेपाल ३–२ ले हार्न पुगेको थियो । त्यसअघि सन् २०२३ मा एकदिवसीय विश्वकप छनोटको क्वालिफायरमा समेत नेपाल र वेष्टइन्डिन आमनेसामने भएका थिए । जहाँ नेपाल हार्न पुगेको थियो । यतिबेला तेस्रो पटक टि–२० विश्वकप खेल्ने सपना र लक्ष्य बोकको नेपाली टोली शुक्रबार यूएई प्रस्थान गर्नेछ ।


 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update