
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्र पार्टी पुनःसंरचनाको माग चर्किदै गएको छ । पार्टीभित्रको आन्तरिक खिचातानीले स्पेस पाइरहँदा रास्वपा नेतृ तोसिमा कार्कीले पार्टी पुनःसंरचनाको कुरा उठाएकी छन् ।
पार्टी महाधिवेसन र सभापति रवि लामिछानेको भूमिकाबारेको विवाद पनि उत्कर्षमै छ । सभापति लामिछानेलाई काँध हाल्दा पार्टी नै जोखिममा पुगेको भन्दै रास्वपा परित्याग गर्दै सुमनाले गम्भिर प्रश्नचिन्ह खडा गरेकी छन् । मंगलबार बस्ने केन्द्रीय समिति बैठकले यी सबै विषय टुंगोमा पु¥याउने विश्वास गरिएको छ ।
नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रुपमा स्थापित भएको दल रास्वपा भित्र यतिबेला उकुसमुकसको अवस्था छ । सभापति रवि लामिछाने सहकारी घोटाला प्रकरणमा पुर्वपक्षका लागि कारागारमा छन् भने उनीबिनाको रास्वपाभित्रका मतभेद र खिचातानी विस्तारै सतहमा आउँदैछन् ।
यसैबीच भदौं २३ र २४ गतेको जेनजी आन्दोलन रास्वपाका लागि दुर्भाग्य बनेर आयो । जेनजी आन्दोलनकै क्रममा नख्खु कारागारबाट रवि फिल्मी स्टाइलमा बाहिरिए । केही क्षण र रवि र रास्वपाका लागि यो विजयोत्सव जस्तै बन्यो । तर रवि र रास्वपा नेताहरुको खुशी केही क्षणमै निराशामा बदलियो । रवि कारागारबाट निस्किएपछि उनकैको सिको गर्दै देशभरका १५ हजार कैदी भागेको विश्लेषण भयो । यसले रवि र सिंगो रास्वपाको नैतिकता माथि प्रश्न मात्रै उठेन देशव्यापी हप्ताक्षर संकलन अभियानबाट पाएको सहानुभूति पनि ओझेलमा प¥यो ।
रानो विनाको मौरी बनेको रास्वपामा कार्यवाहक सभापति डिपि अर्याल, हरि ढाकाल लामिछानेको पक्षमा चट्टान झैँ उभिदाँ सन्तोष परियार, तोषिमा कार्की, गणेश कार्की सहितका नेताहरु आलोचनात्मक तर्कमा अडिग रहे ।
आइतबार पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठको रास्वपा परित्याग घोषणाले रास्वपाको अन्तर कलह छताछुल्ल मात्रै भएन पार्टीको भविष्य माथि गम्भिर प्रश्न उठेका छन् । रास्वपा परित्याग गरेकी सुमनाले पार्टी नेतृत्व र प्रवृत्तिबारे खुलेरै आलोचना गरेकी थीइन् ।
सुमनाको पार्टी परित्यागले रास्वपामा नैतिक संकट चुलिदा अन्य नेताहरु समेत पार्टी परित्यागको संघारमा पुगेको चर्चा भइरहेको छ । यद्यपी अहिलेसम्म कसैले मुख खोलेको अवस्था छैन । रास्वपा छोड्न सक्ने नेताहरुको रुपमा सन्तोष परियार, तोसिमा कार्की र गणेश कार्कीको नाम चर्चामा छ । तर यहिबेला तोसिमा कार्कीले विद्रोहको संकेत गर्दै पार्टी पुर्नसंरचनाको माग गरेकी छन् । तोषिमाले शुक्रबार चार बुँदामा पार्टी नेतृत्व र शैली बारे घुमाउरो ढंगले च्यालेन्ज गरेकी हुन् ।
उनले नेतृत्व परिवर्तन, जेनजी मुभमेन्ट र युवा सहभागिता, विचार मिल्नेसंग वार्ता र एकता तथा नयाँ सोच र विचार जस्ता विषय उठान गरेकी छन् । उसो त सभापति लामिछानेले पुनः नख्खु कारागार जाँदै गर्दा नै पार्टी छाड्ने नेताहरुलाई बाटो खुल्ला रहेको बताइसकेका छन् ।
रास्वपा पार्टी स्थापना भएको ३ वर्ष पुगिसक्दा पनि अहिलेसम्म महाधिवेसन समेत गर्न सकेको छैन । महाधिवेसनलाई लिएर समेत नेताहरु बीच विवाद चर्किदो छ । अदालतमा मुद्दाको भारी बोकेर कारागारमा रहेको नेतृत्व स्वीकार गर्दा नैतिक संकटको प्रश्नले रास्वपा घेरिएको छ ।
रास्वपा भित्र महाधिवेसन र सभापति रविको विकल्पबारे गरमागरम स्थिति बनेको छ । गत बैशाखको केन्द्रीय समिति बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा महाधिवेसन हुने तय गरेको थियो ।
सभापति कारागारमा रहेको विषम् अवस्थामा रास्वपा महाधिवेसन हुने नहुने अन्योल छ । आलोचनात्मक चेत भएका नेताहरु लामिछानेको विकल्प सहित अघि बढ्नु पर्ने बहस चलाइरहेका छन् । यस्तो अवस्थामा रास्वपा पुर्ण रुपमा संकटमा फस्दै गएको छ ।
यता, मुलुकको राजनीतिक उथलपुथलले पुराना दलहरु सच्चिने की सक्किने भन्ने अवस्था छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलधारका राजनीतिक दल भनिने कांग्रेस, एमाले र माओवादीलाई ठुलो चेतावनी दिएको छ । यस्तो अवस्थामा नयाँ दल रास्वपा समेत विग्रहको बार्टातर्फ उन्मुख भएको विश्लेषण सुरु भएका छन् । यसअघि रास्वपालाई विचार र सिद्धान्त नभएको पार्टीका रुपमा अन्य दलले अथ्र्याउने गरेका थिए ।
२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले पुर्ण लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणाली अबलम्बन गर्ने निति बोकेको थियो ।
त्यसपछि रास्वपाको बैचारिक र राजनीतिक निति बारेको प्रश्न केहि मथ्थर भएको थियो । तर यतिका समयसम्म रास्वपाले आफ्नो राजनीतिक र बैचारिक दृष्टिकोण स्पष्ट पार्न सकेको छैन । जेनजी आन्दोलनपछि रास्वपाले केही शासकिय स्वरुप अघि सारेको छ ।
–जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
–जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री
–राष्ट्रपतिः कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० बर्ष पुरा भएको वंशज
– नेपाली नागरिक हुनुपर्ने
–प्रदेशसभा खारेज
जान्नेलाई छान्ने, नो नट अगेन जस्ता नाराले स्थापित भएको रास्वपा निरन्तर विवादको भुमरीमा फसिरहेको छ ।
जस्तोः
–सहकारी ठगी प्रकरणमा रवि लामिछाने पुर्पक्षका लागि
कारागार चलान
–रविको नागरिकता र राहदानी प्रकरण
–जेनजी आन्दोलनमा रवि नख्खु कारागारबाट विजयी
उत्सव सहित बाहिरिनु
–२ करोडाको ढाका कुमार अडियो प्रकरण
–संस्थापक महामन्त्री मुकुल ढकाल बर्खास्ती प्रकरण
२०७९ असार ७ मा स्थापना भएको राजनीतिक दल हो रास्वपा ।
स्थापनाको ६ महिनामै अर्थात् सोहि बर्ष मंसिर ४ का भएको चुनावमा ११ लाख बढि जनमत पाएको रास्वपा २० सिट सहित संसदको चौथो ठुलो दल पनि बन्यो ।
नेपालका मुलधारका राजनीतिक दल कांग्रेस, एमाले र माओवादी सहितका दल जिल्ल पनि परे । जतिबेला रास्वपाको उदय बारे खुबै चर्चा पनि भयो ।
त्यसपछि तनहुँ–१ उपचुनावमा थप एक सिट हात पार्दा रास्वपाको उदयले ठुला राजनीतिक दलको मुटु नै हल्लिएको थियो । यसैबीच सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले देशव्यापी हस्ताक्षर अभियान चलायो ।
जसमा नागरिकको उत्साहजनक सहभागि भयो । यसलाई रास्वपाका लागि आगामी निर्वाचनको पूर्वतयारी र पूर्वआंकलनको रुपमा समेत हेरियो ।
हस्ताक्षर अभियानको नतिजाले रास्वपा उत्साहित नै थियो, जनसमर्थन राम्रै देखिएको थियो । तर जेनजी आन्दोलन यता रास्वपामा जुन खालका परिदृश्यहरु देखिएका छन् । यसले भने रास्वपा माथि खतराको घन्टी बजेको प्रस्टै देखिन्छ ।